साझा नेटवर्क
उद्वव मगर,दोहा कतार ।
कतार नेपाली एकता समाज केन्द्रिय समितिद्वारा भिडियो कन्फेरेन्स कार्यक्रम आयोजना गरिएको छ । गणतन्त्र राष्ट्रियता धर्मनिरपेक्षताको रक्षा संघियता र भर्स्टचार बिरुद्ध संघर्ष गरौ प्रतिनिधिसभा बिघटन गर्ने असंवैधानिक कदमको विरुद्धमा भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।
कतार नेपाली एकता समाजका अध्यक्ष बिष्णु थापाको अध्यक्षता र महासचिव खिम बुढा मगरको सन्चालन रहेको कार्यक्रमा नेपालबाट प्रमुख अतिथी रा.ज.मो अध्यक्ष चित्र बहादुर के.सि अखिल नेपाल महिलासंघ का केन्द्रिय कोषाध्यक्ष रितु के.सि अन्तरास्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुन मगर साउदी अरबिया नेपाली एकता समाजका अध्यक्ष राजकुमार धिताल क.ने.ए.स कोषाध्यक्ष लक्षमण कोइराला, के.स हुमाकानत आचार्य के.स कमल आचार्य, बुद्धिजीवी विभाग हरिप्रसाद शर्मा , के.स सचिव रामप्रसाद पराजुली, युगदर्शन शाप्ताहिक उद्दव मगर , रक्तिम सास्कृतिक बिभाग दिल बहादुर बि.क आतिथ्यता रहेको थियो ।
सहिदहरु प्रती १ मिनेट मौन धारणा पश्चात् बिधिबतरुपमा सुरु भएको कार्यक्रममा कतार नेपाली एकता समाजका केन्द्रीय सचिब रामप्रसाद पराजुलिको स्वागत मन्तब्य रहेको थियो भने मन्तब्य क्रमस अन्तरास्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुन मगर, के.स कमल आचार्य, के. स . लगायतको थियो ।
कार्यम्रमका प्रमुख अतिथी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के. सिले अहिले भैरहेको विषम परिस्थिको अबस्था र ६२/६३ जनआनदोलको समय जनताको माग संघियता नभएको यो हुबहु बाहिरबाट आयातित चोर ढोकाबाट भित्रायको प्रणाली थियो ता कि नेपालाइ कसरी कमजोर पार्न सकिन्छ भन्ने थियो र नेपालको २४ दलले यसलाइ अध्य्यन्नै नगरी संसदबाट पास गरायो जबकि यो कुन प्रणाली दलहरुलाइनै जानकार थिएन तर राष्ट्रिय जनमोर्चाले यो प्रणाली नेपालमा लागू हुन सक्तैन र भबिस्यमा यो प्रणाली रहिरहे देशै समेत खारिज हुन सक्ने भयकोले राष्ट्रिय जनमोर्चाले विभिन्न ठाउँ ठाउँ चोक चोकमा संघियताको बिरुद्धमा बिरोधसभा कार्यक्रम गर्दै आयको छ र अहिले यो सत्य साबित हुँदै गयको र अब यो मुलुकमा संघियताा नेपाली जनतााले खारेज गरि छाडने के. सि ले बताएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend