साझा नेटवर्क
गणेश विश्वकर्मा, आर.के पुरम दिल्ली ।
भारतको गणतन्त्र दिवसको अवसरमा दिल्लीमा दलित एकता सञ्जालले आफ्नो शाखा विस्तार गरेको छ । ‘दलित एकता आजको आवश्यकता र छुवाछूत मुक्त समाज निर्माणको लागि सम्पूर्ण नेपालीहरूको सहभागिता’ भन्ने मूल नाराको साथ ‘दलित एकता सञ्जाल नेपाल(भारत) शाखाले २६ जनवरी२०२१ मंगलबारको दिन केन्द्रीय समितिको दोस्रो र दिल्ली राज्य समितिको पहिलो स्थापना दिवस सहित आर। के। पुरम सम्पर्क समितिको घोषणासभा कार्यक्रम सम्पन्न गरेको छ।

दीप प्रज्जवलन र दुवै राष्ट्रका राष्ट्रीय गीत बजाएर कार्यक्रमलाई अगाडि बढाउँदै ज्ञात-अज्ञात सहिदहरू प्रति मौन धारण गर्दै कार्यक्रम अघि बढेको थियो। जसमा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष अर्जुन विश्वकर्मा विशिष्ट अतिथिमा दिल्ली विश्वविद्यालयका प्रोफेसर डा. सिद्धार्थ र अतिथिहरूमा केन्द्रीय सदस्य एवम् महिला सशक्तिकरणकी ममता विश्वकर्मा, केन्द्रीय उपाध्यक्ष एवम् दिल्ली राज्य समिति अध्यक्ष छोटू ओड, केन्द्रीय उपाध्यक्ष मोती सिंह मिजार,केन्द्रीय कोषाध्यक्ष दीपक चदारा दिल्ली राज्य समिति इन्जार्ज पुरन सार्की, महिला सशक्तिकरण की कोषाध्यक्ष शान्ति विक, पारसमणि सुनार, गोपाल चुदारा, धनबहादुर विक, गंगा विक र रेकम सुनारहुनुहुन्थ्यो।
आर. के. पुरम सम्पर्क समितिका इन्चार्जगणेश विश्वकर्माले उपस्थित जनसमुदायलाईस्वागत मन्तव्य दिए पछिडक्टर सिद्धार्थ, गोपाल चदारा, पारसमणि सुनार, शंकर विक, पूरन सार्की मोती सिंह मिजार, ममता विक विष्णु बोमरेल र केन्द्रीय अध्यक्षले पनि सम्बोधन गरेका थिए। सम्पर्क समिति विवरणः
आर.के.पुरम सम्पर्क समिति इन्चार्ज गणेश विश्वकर्मा,अध्यक्ष थानेश्वर घिमिरे सुनार,उपाध्यक्ष रेशम परियार,सचिव, शंकर बि.सी.,कोषाध्यक्ष,सुश्री ममता चुदारा,सदस्यहरू राजेन्द्र पार्की,चन्द्र रसायली,जितेन्द्र घिमिरे सुनार,राहुल घिमिरे सुनार, शान्ता घिमिरे सुनार,चित्रबहादुर सार्की,विष्णु बोमरेल,रामबहादुर विक,सुविधा विक,सन्तोष विक,धनबहादुर विक,प्रकाश विक,शिव सुनार,कुमार जीपी,चोपेन्द्र बि।सी,अर्जुन विक,दिला सार्की,मनीषा सार्की,कृष्णा विक,टेक बहादुर विक,सूरज विक,दिनेश सार्की,बमबहादुर विक,सल्लाहकार,पारसमणि सुनार रहेका छन्।,उपरोक्त कार्यक्रमको बीच-बीचमा उदयमान कलाकारहरू जितेन्द्र घिमिरे सुनार, चोपेन्द्र घिमिरे सुनार र राजू पन्थीले जनसमुदायलाई आफ्नो प्रस्तुतिले गर्दा नाच्न-गाउन बाध्य बनाएका थिए।
कार्यक्रमको अध्यक्षता छोटू ओड र संचालन केन्द्रीय सचिव सुरेश विश्वकर्माले गर्नु भएको थियो भने कार्यक्रम नयाँ दिल्लीको आर.के. पुरम सेक्टर 4 स्थित अम्बेडकर इन्सट्यूशनल संस्थानको प्राङ्गणमा भएको थियो।
अन्तमा शान्त र सौहार्दपूर्ण वातावरणका साथ दिउसो ज्ञ बजे सुरू गरिएको कार्यक्रम 6 बजे सचिव द्वारा समाप्त भएको घोषणा गरिएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend