logo
  • शनिबार, साउन ३० २०८३

 बुधवार बिहान १० बजे लगाउन सुरु गरिने कोरोना विरुद्धको खोप


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क ,माघ ११ काठमाण्डौ – नेपालमा आगामी १४ गते बुधवार बिहान १० बजे कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु गरिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले बुधवार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कार्यक्रम मार्फत खोप अभियानको सुरुवात गर्ने जानकारी दिनुभयो ।
भर्चुअल कार्यक्रममा सातवटै प्रदेशका प्रदेश अस्पताल र काठमाण्डौ उपत्यकाका प्रमुख अस्पतालहरू जोडिने पनि मन्त्री त्रिपाठीले जानकारी दिनुभयो ।
बुधवार ६६ वटा अस्पतालका एक सय २० भन्दा धेरै खोप
केन्द्रबाट खोप लगाउन सुरु गरिने र माघ १८ गतेभित्र ७७ वटै जिल्लाका अस्पतालहरू बाट खोप लगाउन सुरु गरिने छ ।
भारत सरकारले हालै मात्र १० लाख डोज कोरोना खोप ‘कोभिशिल्ड’ नेपाललाई अनुदानमा उपलब्ध गराएको छ । त्यही खोप प्रदेश प्रदेशमा पठाइँदैछ ।
सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी,
एम्बुलेन्स तथा शववाहन चालक, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा काम गर्ने कर्मचारी लगायतलाई खोप दिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend