साझा नेटवर्क
अनिल खत्री, गुल्मी पौष २३।
केहि समय अघि कोभिड 19 तथा कोरोना भाइरसको कारणले गर्दा रोकिएको शान्तिदिप युवा क्लब पुर्कोट-दह गुल्मीको आफ्नो स्थापना कालको २२ औं वार्षिक उत्सव विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम माघ दोस्रो साता देखि आयोजना गरिने भएको छ।
आयोजक शान्तिदिप युवा क्लब पुर्कोटदह गुल्मीले केहि दिन अगाडी मदाने गाउँपालिका 6 पुर्कोटदहमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको २२ औं वार्षिक उत्सव समारोह माघ 15,16 र 17 गतेसम्म हुने जानकारी गराएको हो। आगामी माघमा हुने 22 औं वार्षिक उत्सव प्रतियोगिताको पुरुष भलिबल तर्फ पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ।
प्रतियोगिताको प्रथम हुनेले 31,000/- रनिङ्गशिल्ड मेडल र प्रमाणपत्र, दोस्रो हुनेले 21,000/- मेडल र प्रमाणपत्र त्यस्तै गरी तेस्रो हुनेले 13,000/- मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने महिला भलिबल तर्फ विजेता हुनेले 10,000/- मेडल र प्रमाणपत्र त्यस्तै उप-विजेता हुनेले 5,000/- मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। त्यस्तै गरि खुल्ला ब्याडमिन्टन प्रतियोगिता तर्फ विजेता हुनेले 10,000/- मेडल र प्रमाणपत्र, उप-विजेता हुनेलाई 5,000/- मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् त्यस्तै गरि खुल्ला घैटोफोर प्रतियोगितामा उत्कृष्ट हुनेले 1,500/- मेडल र प्रमाणपत्र महिला कुर्सी दौड प्रतियोगितामा उत्कृष्ट हुनेले 1,500/- मेडल प्रमाणपत्र र ट्याक डान्समा उत्कृष्ट हुनेलाई 2,000/- मेडल र प्रमाणपत्र वितरण गरिने बताइएको छ।
उक्त कार्यक्रम मदाने गाउँपालिका 6 पुर्कोटदह गुल्मीको गोलपोखरी रंगशालामा हुनेछ। साथमा राष्ट्रिय स्तरका कलाकारहरूको पनि बेजोड प्रस्तुति रहने भएको हो। उक्त कार्यक्रम प्रति कुनै पनि जानकारी लिनु परेमा सोही क्लबका अध्यक्ष विनोद सेन 9867552649 र सचिव सुरेश कुवंर 9866289213 मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend