logo
  • शनिबार, भाद्र २० २०८३

मोना कतारको दशौँ साधारणसभा मार्चको दोस्रो साता हुने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार पौष १८।
म्याग्दी प्रवासी नेपाली सङ्घ, राष्ट्रिय कार्यकारी समिति (मोना) कतारको सोर्हौ मासिक तथा नियमित बैठक सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष तिलु शर्मा पौडेलको सभापतित्वमा हिजो शुक्रवार सम्पन्न बैठकले आगामी मार्चको दोस्रो साता अर्थात् १२ तारीक शुक्रबार संस्थाको दशौँ साधारण सभा तथा अठारौँ वार्षिकोत्सव गर्ने निर्णय गरेको छ ।

कार्यक्रम स्थलको बारेमा कोरोनाको कस्तो प्रभाव रहन्छ त्यस अनुरूप निर्णय गरी सूचित गरिने भएको छ । बैठकबाट हिजो जनवरी १देखी नै लागु हुने गरी साधारण सभालाई लक्षित गर्दै साधारण सदस्यता शुल्क १० कतारी रियाल र आजीवन सदस्यता शुल्क २५१ रियाल कायम गरी खुला समेत गरिएको छ ।

विश्वका २६ राष्ट्रमा फैलिएको म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) जिल्ला भित्र अग्रणी सामाजिक संस्थाको रूपमा परिचित छ ।जिल्ला भित्र र परदेशका हरेक समस्यामा मलहम लगाउने उद्देश्यले “प्रवासी म्याग्देली दृष्टि, समृद्ध म्याग्दीको सृष्टि” भन्ने मूल मन्त्र लिएर सन २००३ को मार्चको दोस्रो शुक्रवार मोना कतारको स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend