logo
  • शनिबार, साउन ३० २०८३

प्रथम राष्ट्रिय बी लेभलको खुल्ला ब्याडमिटन प्रतियोगितामा सापकोटा र कार्कीको टिम विजयी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

यमलाल भुसाल, बुटवल पौष १२ ।
वाग्लुङ जिल्लाको धनमुडा चौर समाज बुटवल रुपन्देहीको आयोजनामा प्रथम राष्ट्रिय बी लेभलको खुल्ला ब्याडमिटन प्रतियोगिताको उपाधी पुर्वी नवलपरासीको नवलपुरका कृष्ण प्रसाद सापकोटा र महेन्द्र कार्कीको टिमले जितेको छ ।

विजेता भएसंगै टिमले ५५ हजार ५५५ रुपैयां नगद प्रमाणपत्र र शिल्ड पुरस्कार प्राप्त गरेका छन । उनिहरुले रुपन्देहीको बुटवल ब्याटमिन्टन क्लवका लालमणी पन्थी र नारायण तिवारीलाई सोझो सेटमा हराउदै विजेता बनेका हुन ।

उपविजेता रुपन्देहीको टिमले ३३ हजार ३३३ नगद प्रमाणपत्र र शिल्ड पुरस्कार प्राप्त गरेका छन ।प्रतियोगितामा तेस्रो स्थानमा मणिग्रामका पदम थापा र थमन राना तथा तामनगर ब्याटमिन्टन क्लवका रेशम थापा र मनशुन थापाको टिम विजयी भएका हुन । उनिहरुले ११ हजार १११ रुपैयां नगद प्रमाणपत्र र शिल्ड पुरस्कार प्राप्त गरेका छन ।प्रतियोगितामा उत्कृष्ठ खेलाडी अपिन श्रीपाली र अनुसाशित मा वालधर गोदार चयन भै पुरस्कार प्राप्त गरेको प्रमुख एम्पाएर अर्जुन कार्कीले बताउनु भयो ।

प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई लुम्बिनी प्रदेश प्रहरी तालिमकेन्द्रका समादेशक तथा प्रहरी वरिष्ठ उपरिक्षक रामदत्त जोशी र दङा प्रहरी नियन्त्रण गणका प्रमुख तथा प्रहरी उपरिक्षक विकास खनालले पुरस्कार तथा शिल्ड प्रदानगर्नु भएको थियो ।

प्रतियोगिताकमा ७६ टिमको सहभागिता रहेको प्रतियोगिता आयोजक संस्थाका सल्लाहकार पदम केसीले बताउनु भयो । बुटवल ११ ओलीपथमा रहेको कबर्डहलमा संचालित प्रतियोगिताको अध्यक्षता समाजका अध्यक्ष देव थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend