logo
  • शनिबार, भाद्र २० २०८३

इराकमा ३६ जनालाई फाँसी दिइयो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

काठमाडौँ, भदौ  ६ ।
झण्डै दुई वर्ष अघि सेनामा भर्ती भएका एकहजार सातसय जनाको हत्याको सिलसिलामा उनीहरुलाई इराकमा कथित इस्लामिक स्टेटसंग आबद्ध उग्रवादीहरुले गरेको आम नरसंहारसंग संबद्ध भनिएका ३६ जनालाई फाँसी दिइएको छ।

160821162126_iraq_304x171_bbc_nocredit
दुई वर्ष अघि इराकको टिक्रिट शहर नजीकै एउटा भूतपूर्व अमेरिकी सैनिक अखाडामा भर्खरै भर्ती गरिएका इराकी सैन्यहरुलाई इस्लामिक स्टेट लडाकुहरुले बन्धक बनाएका थिए। त्यसपछि उनीहरुमध्ये शिया धर्मावलम्वीहरुलाई छुट्याइ उनीहरुको हात बाँधी लरीमा लगिएको थियो। पछि उनीहरुलाई खुला चौरमा घोप्टो परी सुत्न लगाइ गोली हानी हत्या गरिएको थियो ।  हत्या काण्ड इस्लामिक स्टेटले सो हत्याकाण्डको तस्वीर तथा भिडियो इन्टरनेटमा प्रकाशित गरेको थियो ।

क्याम्प स्पाइकर आमनरसंहार’ भनिेने सो घटना पछि कैयौं शिया मिलिसियाहरु आइएस विरुद्धको लडाईमा परिचालित भएका थिए।त्यसको एक वर्षपछि त्यहाँ सामूहिक चिहानहरु फेला परेका थिए।  झण्डै सत्रसय जना इराकी सैनिकहरुको हत्या गरिएको ‘क्याम्प स्पाइकर आमनरसंहार’ भनिेने सो घटना पछि कैयौं शिया मिलिसियाहरु आइएस विरुद्धको लडाईमा परिचालित भएका थिए । इस्लामिक स्टेट लडाकुहरुले उत्तरी इराकमा अल्पसंख्यक यजिदी समुदायका सैयौं पुरुषहरुको पनि ज्यान लिएको बताइन्छ।

इस्लामिक स्टेटले सिरिया र इराकका विभिन्न क्षेत्रमा नियन्त्रण जमाएको छ। झण्डै एक करोड मानिसहरु इस्लामिक स्टेट नियन्त्रित इलाकाहरुमा बसोबास गरिरहेको अनुमान गरिएको छ । एएफपी समाचार संस्थासंग कुरा गर्दै धिकार प्रान्तका गभर्नरको कार्यालयका एकजना प्रवक्ताले आइतबार बिहान छत्तीस जनालाई फाँसी दिइएको जनाए। त्यसबेला इराकका कानुन मन्त्री हैदर अल जमिली पनि त्यहाँ उपस्थित रहेको उनले बताए।

आतंकवाद इराकका प्रधानमन्त्री हैदर अल आबादीले गत महिना ३०० जना भन्दा बढीको ज्यान जाने गरी बगदादमा गरिएका बम हमलापछि आतंकवादमा संलग्न रहेको अभियोग लगाइएकाहरु विरुद्धको कारवाहीलाई तीव्र पारिने जनाएका थिए।आइतबार फाँसी दिइएकाहरु सबैजना इराकी नागरिक भएको ठानिएको छ।उनीहरुलाई गत फेब्रुअरी महिनामा मृत्युदण्डको सजाय सुनाइएको थियो।

अभियोग लागेका कतिपयले घटनाको बेला आफुहरु टिक्रिटमा नभएको दावी गरेका थिए। अन्यले आफुहरुलाई वकीलसंग भेटन नदिइएको र यातना दिएर अपराध कबुल गर्न लगाइएको पनि बताएका थिए। मानव अधिकारवादीहरुले ती हत्यामा संलग्न भएका भनिएकाहरु विरुद्धको न्यायिक प्रकृया निकै छिटो टुंग्याइएको भनी गम्भीर चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend