logo
  • शनिबार, भाद्र २० २०८३

दिल्लीमा गुल्मी की किशोरीको अपहरण पछि बलात्कार


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

देबेन्द्र केसी ,नयाँ दिल्ली भारत, भदौ ५ ।

नयाँ दिल्ली को ब्यस्त रोडमा एक नेपाली चेली को अपहरण पछि  बलात्कार भएको छ । गुल्मी की मैया बोहरा (नाम परिवर्तन ) लाई सकुरपुर , दिल्ली का  २२ बर्षिय बिशालले राती करिब  १० बजे अपहरण गरेका हुन । नयाँ दिल्ली को सरकारी स्कूल मा पढ्ने मैयाले साँझ करातेको तालिम लिने गर्थिन।

wp_ss_20160821_0002

सकुरपुरको कराते तालिम केन्द्र बाट फर्कदै गर्दा राती १० बजे उनि अपहरण मा परेकी थिईन । अपहरण पछि अभियुक्त बिशाल ले होटल मा पिडितालाई  बलात्कार गरेका थिए। रातभरि बिभिन्न यातना दिदै पिडितालाई लुछेपछि बिहान सकुरपुर को आई ब्लक रोडमा बेहोशी को हालतमा छोडेर अभियुक्त परार भएका थिए ।”

घरपरिवार र एकता मन्चका पदाधिकारीहरु ले रातभरि ब्यापक खोजी गरेपनि फेला। पार्न सकिएन आज बिहान  बल्ल सकुरपुर को रोडमा बेहोश र बदहवास अवस्था मा फेला पार्यौ ” एकता मन्च पश्चिमी दिल्ली समिति का अध्यक्ष सुर्य राना ले भने । शालिमार बाग प्रहरी चौकी ले अपराधी लाई गिरफ्तार गरेपनि दोषी लाई उम्काउने षड्यंत्रमा प्रशासन लागेको छ ।

दिल्ली महिला आयोग र मन्चले अपराधी उम्कन नदिन खबरदारी गरे सड्गै अपराधी लाई गिरफ्तार गरिएको थियो। पिडित को सरिर भरि चोटै चोटका निशान हरु छन । मेडिकल रिपोर्ट मा किशोरी सड्ग बलात्कार भएको पुष्टि भएको छ ।

गुल्मी सान्तिपुर ईलाका की किशोरी  दिल्ली को सकरपुरमा परिवार सड्ग बस्दै आएकी थिईन । स्मरण रहोस तिन महिना पहिला पनि गुल्मी खड्गकोट की सोनिया बस्यालले रहस्यमय परिस्थितिमा सकुरपुर स्थित डेरामा आत्महत्या गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend