logo
  • शनिबार, साउन ३० २०८३

भारतसँगकाे तेस्राे टी–२० क्रिकेटमा अस्ट्रेलिया १२ रनले विजयी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाण्डाै, मङ्सिर २३ ।
भारतसँगको तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा अस्ट्रेलिया १२ रनले विजयी भएकाे छ । अस्ट्रेलियाले दिएको एक सय ८७ रनको लक्ष्य पछ्याएको भारतले सात विकेट गुमाएर एक सय ७४ रन मात्रै बनाउन सक्यो । उसका लागि कप्तान विराट कोहलीले ८५, शिखर धवनले २८ र हार्दिक पाण्ड्याले २० रन बनाए ।

अस्ट्रेलियाका मिचेल स्विपसनले तीन विकेट लिए । यसअघि सिड्नीमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियायाले पाँच विकेट गुमाएर एक सय ८६ रन बनाएको थियो । उसका म्याथु वेडले ८०, ग्लेन म्याक्सवेलले ५४ र स्टिभ स्मिथले २४ रन बनाए ।

पहिलो र दोस्रो खेल जितेको भारतले शृङ्खला यसअघि नै जितिसकेको छ । यी दुई देश बीच भएको एकदिवसीय शृङ्खला भने अस्ट्रेलियाले जितेको थियाे । भारत र अस्ट्रेलियाबीच डिसेम्बर १७ तारिखदेखि ४ खेलको टेस्ट शृङ्खला सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend