साझा नेटवर्क
-मधुसुधन पाण्डे ।
नेपालको अधिकाश क्षेत्रमा भीड हुने भनेको सरकारी कार्यालयमा हो।अहिले अधिकास सरकारी कार्यलयमा अपवाद बाहेक घुस नखुवाई अथवा कार्यलय प्रमुखसग पहुच नहुने हो भने कामै हुँदैन,कामै बन्दैन । यस्तै कार्यले गर्दा यातायात कार्यालय, मालपोत कार्यालय,कर कार्यलय जस्ता थुप्रै सरकारी कार्यालय र कर्मचारी संयन्त्र पनि बदनाम हुँदै गएका छन् ।

घण्टौसम्म लाइनमा बसेर सरकारलाई नै पैसा तिर्न पनि नपाउनु नागरिकको विडम्बना मात्रै होइन बाध्यता पनि हो।यसरी कर तिर्न गएर घण्टै लाईनमा बसेर पनि सयौ सेवाग्राही कर नतिरी फर्कने गरेको पाईन्छ । त्यसको प्रमुख कारण हो बिचौलिया र तिनीहरुसँग कर्मचारीको साँठगाँठ ।
नेपालको अर्थतन्त्रको सबैभन्दा ठूलो आर्थिक स्रोत भनेको जनताबाट उठाउने राजस्व (कर) हो।तर त्यहि रकम जनताले सरकारलाई तिर्न जादा पनि नागरिकले कष्टपुर्ण रुपमा राजस्व बुझाउनु पर्दछ।सरकारले कर लिँदा यसरी दुख दिनुभन्दा अनलाइन प्रणालीबाट पैसा लिएको भए सजिलो हुने जनता बताउँछन।
सरकारले लिने राजस्व बुझाउन १ दिनमात्रै ढिला हुने हो भने त्यसको अतिरिक्त पैसा जोड्न थालिन्छ । तर सर्वसाधारण जनता जो टन्टलापुर घाम,बर्षायातको पानी जाडो नभनी अनेकौं दुखकष्ट गरेर पैसा बुझाउन जादा लाईन लागेर पालो नआएर अर्कोदिन जादा अतिरिक्त पैसा तिर्नुपर्ने, जनताले १ दिन ढिला पैसा बुझाउदा जनताबाट अतिरिक्त पैसा लिने निकायले जनताले पाएको दुखको अतिरिक्त पैसा दिने कि नदिने?
जनता दिनभरि पालो पर्खिदा पालो नआएर अर्को दिनजादा उसलाई अतिरिक्त पैसा दिने कि नदिने यी प्रश्नको जवाफ एउटै छ जनताबाट अतिरिक्त पैसा पनि लिने तर जनतालाई अतिरिक्त पैसा नदिने।
विद्यमान प्रणालीबाट माथि उठेर करदाताको बैंक कारोबार, सापटी, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण र सोको लागि पेस गरेको हिसाबकिताब, दोस्रो तेस्रो पक्ष खरिद बिक्री भिडान, सम्भावित अतिरिक्त खरिद बिक्री, अनलाइन र भर्चुअल कारोबार जस्ता नयाँ प्रविधिको माध्यमबाट लुकाउन, छल्न सकिने कारोबारहरू खोजी गरी अतिरिक्त कारोबार स्थापित गर्ने पद्धति तथा विधिमा जोड दिनु पर्दछ।
त्यस्तै वित्तीय प्रविधि (फिनटेक)मा भित्रिएका विभिन्न टेक्निकहरूको प्रयोगबाट कर परीक्षणलाई वैज्ञानिक र अनुसन्धान मूलक वनाउन सकिन्छ। सेवामा विविधीकरण जस्तै ईपेमेन्ट, घुम्तीसेवा, निश्चित समय तोकेर प्रदान गरिने सेवातर्फ जोड दिनु आवश्यक छ । सरकारलाई कर बुझाउन म पनि घण्टैसम्म लाईनमा बसेको थिए ।
म पछाडि बस्नुभएको एकजना दाजुले भन्दै हुनुहुन्थ्यो सरकारलाई आफ्नै पैसा तिर्न त यस्तो दुख दिन्छ भने सरकारसँग आफ्नो पैसा लिन परे कति दु:ख दिने होला ? त्यसैले सरकारी कर्मचारी व्याक्तिलाई भन्दापनि कामलाई र कामलाई भन्दापनि अरुको खुसिलाई नियाल्ने बानी बसालौ सकिन्छ छिटो काम गर्ने प्रवन्ध मिलाउ सकिदैन अतिरिक्त रकम नलिउ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend