साझा नेटवर्क
साझा नेटवर्क,कतार ।
आई एस ओ मान्यता प्राप्त नसिर अल अलि ईन्टरप्राईजेजले आफ्नो कम्पनीमा दश बर्ष काम गरेका दुई नेपाली कामदार तपन कुमार राई र मोहन बहादुर थापा, र दुई श्रीलंकन कामदार चिंताना कुमारा र थिया गराजाहा पी साम्मुभेललाई जनही १५ हजार कतारी रियल दिएर सम्मान गरेको छ ।
ईन्टरप्राईजेजका मालिक नसिर अल अलिले सो पुरस्कार प्रदान गर्नु भएको हो। पुरस्कृत तपन कुमार राई कतार सन् २०१० मा आउनु भएको हो । पहिले निर्माण अर्थात् कन्सट्रक्सनमा काम गर्नु भयो, र त्यसपछि ट्रेड कामदारमा प्रोमोसन हुनुभयो । नेपालको पश्चिमी दुर्गम गाउँमा हुर्किनु भएको राई निर्माणसम्बन्धि धेरै काममा पोख्त हुनुहुन्छ । उहाँ नसिर अल अलि ईन्टरप्राईजेजमा काम गर्न पाएकोमा एकदमै खुसि हुनुहुन्छ। अर्का मोहन बहादुर थापा पनि सन् २०१०मै कतार आउनुभएको हो । सहयोगी अर्थात् हेल्परको रूपमा पहिले काम गर्नु भएका थापाले पछि निर्यातमा काम गर्नु भयो । उहाँले पनि सो कम्पनीमा काम गरेर घर परिवारलाई राम्रो सेवा सुविधा दिन सक्नु भएको छ । ईन्टरप्राईजेजमा रहँदा उहाँले आम्दानी र सीप दुवै प्राप्त गर्नु भयो ।
श्रीलंकन कामदार चिंताना कुमारा पनि गरिब परिवारमै हुर्किनु भएको हो, र सन् २०१० मै कतार आउनु भयो। कामदारमा आउनु भएको उहाँ पछि स्टिल, सिकर्मी र मिस्त्रीको रूपमा काम गर्नु भयो । कम्पनीबाट पाएको तलबले उहाँले सहरी क्षेत्रमा घर बनाउनु भएको छ । उहाँलाई नसिर अल अलिको खुलापन मन पर्छ । अर्का थिया गराजाहा पी साम्मुभेल पनि कामदारकै रूपमा कतार आउनु भएको थियो । दश वर्ष काम गर्दा उहाँले बच्चाहरूलाई राम्रो शिक्षा प्रदान गर्न सफल हुनु भयो । उहाँलाई आफ्नो कम्पनीको राम्रो र कामदार मैत्री वातावरणले तान्छ । कार्यक्रममा बोल्दै नसिर अल अलिले आफ्ना कर्मचारीका लागी आफु सधै तयार भएको बताउनु भयो ।
उहाँले थप भन्नु भयो, “म बोस भन्दा पनि गार्जियन हो ।” उहाँ आफ्ना कामदारसँग मैत्री पूर्ण व्यवहार गर्नुहुन्छ । उहाँले आफ्ना कर्मचारीहरूलाई कतारी नियम र कानुनहरू पालना गर्न अनुरोध पनि गर्नु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend