logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा पूर्व राज्य मन्त्री स्व.खेवाको श्रद्धाञ्जली सभा सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

रबिन थापा मगर, कतार।
धनकुटा जिल्लाबाट रोजगारीको शिलसिलामा कतारमा रहेका सम्पूर्ण धनकुटेलीहरुको एक मात्र संस्र्था धनकुटा प्रवासी सेवा समाज कतारले आफ्नो जिल्ला धनकुटाका माननिय पूर्व सभासद, पूर्व राज्यमन्त्रि स्व. हरिराज खेवा लिम्बुको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।
14075032_1261176307249011_1548961578_o
संस्थाका कार्यवाहक अध्यक्ष ललित लिम्बुको सभापतित्वमा साल्वारोड स्थित टि टावर रेष्टुरेन्टको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथी धनकुटा प्रवासी सेवा समाज दोहा कतारका सल्लाहकार संयोजक तुलसी सुबेदी र अतिथिहरुमा सल्लाहकारहरु डि.एन. मगर र पूर्व सचिब केसब कार्की रहनु भएको थियो । सन् ८ नोभेम्बर १९६८ मा हात्तिखर्क धनकुटामा जन्मनुभएका स्व. खेवा पार्टीको कामका सिलसिलामा परेवादिन पुगेर र्फकदा सन् २८ जुलाई २०१६ मा उनको सवारी दुर्घटनामा ज्यान गयो ।
14074327_1261176243915684_1525009067_o
कतारमा रहेका धनकुटेलीहरुको उल्लेख्य सहभागिता रहेको सो श्रद्धाञ्जली सभामा स्व. खेवा को तस्विरलाई माल्यार्पण गरि चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो । बक्तहरुले स्व. खेवाले गरेका अशल कामहरुलाई सम्झिए । कार्यक्रममा बोल्दै सल्लाहकार संयोजक सुबेदीले स्व. खेवा को ब्यक्तित्वको बारेमा चर्चा गर्दै भन्नुभयो उनि क्याम्पस जीवनबाटै अभिनय र कलाकारितामा समेत अब्बल खेवा साहित्यसंगै पछिल्लो समय राजनीतिमा सक्रिय थिए ।

जिल्लाको दुर्गमस्थान हात्तिखर्कमा जन्मेका खेवा बाल्यकालदेखि युवावस्थासम्म गाउघरमा बिताए । विद्यालयको पढाइ सकेर २०४४ सालमा धनकुटा बहुमुखी क्याम्पसमा उच्च शिक्षा हासिल गरे । क्याम्पस जीवनमा उनको कलाकारिता झांगिएको थियो । त्यसो त उनी नाटक विधामा लेखन, निर्देशन र अभिनय समेत गर्थे ।अभिनयमा राष्ट्रिय रुपमा पहिलो स्थान हात पारेका थिए । विद्यार्थी जीवनमा राजनीति थालेका थिए । उनको राजनीतिक फड्को तिब्र गतिमा भएको थियो । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी धनकुटा क्षेत्र नं. २ मा प्रत्यक्ष तर्फ विजयी समेत भए ।

त्यसपछि माओवादी नेतृत्वमा बनेको सरकारमा उनी अर्थ राज्यमन्त्री समेत भए । पछिल्लो समय दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएपछि भने उनी माओवादी केन्द्रको जिल्ला अध्यक्ष भएका थिए । कार्यक्रम को समापन गर्दै एक सादा जिवन उच्च बिचार राख्ने धनकुटेली नेता अब हामी बिच नरहनुभएको ।

मिलनसार स्वभावका कारण लोकप्रियतासँगै राजनीतिको उचाई लिएका खेवाको निधनले यति बेला जिल्ला मात्र नभई बिदेशमा रहेका धनकुटेलीहरु शोकमा डुबेका बताउनु भयो । कार्यक्रम रबिन थापा मगरले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend