साझा नेटवर्क
साझा नेटवर्क, दोहा मंसिर १३ ।
गुल्मी सेवा समाज कतारले भर्खरै मात्र सम्पन्न गरेको आठौं साधारण सभाको समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । नोभेम्बर २० तारेक कतारको साहानिया स्थित अल दोसरी जु पार्कमा एक भव्य कार्यक्रमका साथ सम्पन्न साधारण सभाको समीक्षा वैठक भाजियोराम रेस्टुरेन्ट सब्जी मन्डीमा सम्पन्न भएको हो ।
“गुल्मी सेवा समाज कतारको प्रतिबद्धता,निस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने नाराको साथ सन् २००३ मा कतारमा स्थापना भएसँगै सक्रिय रहदै आएको संस्थाले विगतदेखी नै बाढी पहिरो,आगलागी पीडित तथा विपन्न वर्गको लागी छात्रवृत्ति तथा राहत सहयोगका कार्यक्रम गर्दै आईरहेको छ ।
समीक्षा कार्यक्रममा वक्ताहरुले गुल्मी सेवा समाज विशुद्ध सामाजिक संस्था भएकोले कुनै पनि राजनीति क्रियाकलाप संस्थामा जोडिनु नहुने,पूर्व तयारी र प्रयाप्त छलफल बाट मात्रै कार्यक्रमहरु आयोजना गर्नुपर्ने लगायतका सुझावहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका प्रमुख सल्लाहाकार बुद्द पाण्डे,सल्लाहकारहरु विजय बस्नेत,बाबुराम महत र नि-वर्तमान अध्यक्ष झविन्द्र आचार्यको विशेष आतिथ्यता रहेको थियो । संस्थाका वर्तमान र नि-वर्तमान पदाधिकारीहरुको उल्लेख्य सहभागीतामा सम्पन्न उक्त कार्यक्रम नव निर्वाचित अध्यक्ष कुमार अविरल पन्थीको सभापतित्वमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend