साझा नेटवर्क
मो.अजिज अलि,भदौ ४।
“स्वास्थ्य सामग्री बितरण तथा भैपरी आउने आकस्मिक कोष निर्माणार्थ” भन्ने मुल नाराका साथमा स्याङ्जा समाज जापानले नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा “तिज धमाका २०१६”कार्यक्रम गर्ने भएको छ । जापानको प्रमुख ३ ओटा शहरमा हुने उक्त कार्यक्रममा नेपालका चर्चित ख्यातीप्राप्त लोकदोहोरी कलाकारहरु खुमन अधिकारी, राधिका हमाल र जमुना राना मगर संगै जापानका ख्यातीप्राप्त कलाकारको पनि प्रस्तुति रहने आयोजकले बताएको छ ।

जापानको शहरहरु मध्य फुकोओकामा सेप्टेम्बर ३ तारिक,टोकियोमा ४ तारिक र नागोयामा १० तारिक कार्यक्रम हुनेछ । परोपकारी कामलाइ सहयोग पनि हुने र नेपालका ख्याति प्राप्त कलाकारका साथमा नाच्ने,गाउने,रमाउदै महान पर्व मनाउने अवसर भएकोले जापानवासी महिलाहरुलाइ कार्यक्रममा सहभागी भई मनोरंजनका साथ उक्त परोपकारी कामको लागि सहयोग पुर्याईदिन अनुरोध गरेको छ ।
प्रचार प्रसारलाइ तिब्र बनाइरहेको आयोजक स्याङ्जा समाज जापानले हरेक बर्ष यस्ता मनोरन्जनका कार्यहरु गर्दै आइरहेको छ भने परोपकारी कामहरुहरु पनि धेरैनै गरि सकेको छ । स्याङ्जा जिल्लाबाट जापानमा कार्यरतहरुको साझा संस्था स्याङ्जा समाज जापान सामाजिक क्षेत्रमा सक्रिय संस्था हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend