साझा नेटवर्क
कुमार “अविरल” पन्थी, कतार ।
“गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मूल नाराका साथ कतारमा सकृय रहेको गुल्मी सेवा समाज कतारले आठौँ साधारणसभाको आयोजना गर्ने भएको छ । सस्थाको २४ औ नियमित बैठक सम्पन्न भए लगतै साधारणसभा आयोजना गर्ने भएको हो ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण बिगत केहि महिनादेखि अनलाईन (जूम)मार्फत मासिक बैठक बस्दै आएको थियो । गत महिना बसेको सामुहिक भेटघाट तथा २४औ बैठकले आठौ साधारणसभा आयोजना गर्ने निर्णय गरेको थियो ।
सस्थाको २४औ नियमित बैठक सम्पन्न भए सँगै सातौं साधारणसभा भएको २ वर्ष पुरा भएको छ । सोहि अवसरमा सस्थाले आगामी नोभेम्बर २० तारिखका दिन आठौँ साधारणसभा आयोजना गर्ने भएको हो ।
कतारमा रहनु भएका गुल्मेलीहरुले गुल्मी सेवा समाज कतारको साधारणसभा सम्पन्न हुनू पुर्व आफ्ना सदस्यहरुलाई सदस्यता नवीकरण गर्न आह्वान गरेको छ । साथै कुनैपनि समयमा नया सदस्यता लिन एवं पुराना सदस्यहरुले आफ्नो सदस्यता नवीकरण गर्न सकिने समेत जानकारी दिइएको छ ।
रोजगारीका सिलसिलामा आफ्नो जन्मभूमि छोडेर कतारलाई कर्मभुमि बनाई श्रम गरिरहनु भएका सम्पूर्ण गुल्मेलीहरुलाई गुल्मी सेवा समाज कतारसँग आवद्ध भइ सामाजिक कार्यमा सहयोग गर्नुहुन समेत आग्रह गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend