साझा नेटवर्क
अनिल खत्री,गुल्मी कार्तिक ४ ।
प्रवासमा रहेका नेपालीहरुले जन्मभूमीमा रहेका बिभिन्न असाय,अशक्त,बिभिन्न रोगबाट ग्रसीत भएर पिडामा रहेहरुलाई सहयोग गरेका छन् । अन्तर्राष्ट्रीय नमुना समाज मुसीकोट नगरपालिका – ७ को आयोजनमा नेपालकै लोकप्रिय चर्चित कार्यक्रम ईन्देणीबाट राजेश राना बचाउ अभियानको आर्थिक सयोग रकम हस्तान्तरण भएको छ ।
गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडानम्बर–४ दाहाचौर आपंडाडा घर भएका राजेश राना को दुबै मिर्गौला फेल भई हाल बुटबल को मडिग्राम स्थित क्रिमसन हस्पिटलमा डाईलोसिज गर्दै आएका छन् । उनको उपचारको लागि अन्तर्राष्ट्रीय नमुना समाज मुसीकोटले ३ लाख ४७ हजार ६७० रकम सहयोग हस्तान्तरण गरेको संस्थाका अन्तर्राष्ट्रीय संयोजक ईन्द्र थापाले जानकारी दिए । रानाको मृगौला प्रत्यारोपण गर्न ठूलो रकम लाग्ने भएपछि बिभिन्न व्यक्तिहरुसँग गरिएको आर्थिक सहयोगबाट संकलन गरेर पठाइएको थापाले जानकारी दिए । मुसीकोट नगरपालिका नम्बर–ं७ बाट रोजगारी को शिलशीलामा बिभीन्न देश बस्नुहुने अन्तर्राष्ट्रीय नमुना समाज संस्थाका बुबा आमा दाजु भाई दिदी बैहिनीहरु तथा संस्था भन्दा बाहिरका साथीभाईहरुले सहयोग गरेको थापाको भनाई छ ।
कोभिड १९ को विषम र कठिन परिस्थितिमा रहेर पनि आफनो एक छाक खानाको भाग काटेर राजेश राना बचाउ अभियान लाई सफल पार्नको लागी आर्थिक सयोग गर्नुहुने सम्पुर्ण सयोगीहरुलाई संयोजक थापाले धन्यवाद दिए । संस्थाले बिभिन्न समयमा जिल्लाका बिभिन्न असाय अशक्त बिभिन्न रोगले ग्रसीत व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend