logo
  • शनिबार, भाद्र २० २०८३

मलेसियाबाट पिडित दिलकुमार र रामचन्द्रलाई सहयोग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

काठमाडौँ, भदौ ३।
रोजगारीको सिलसिलामा मलेसिया पुगेका रोल्पाका  ह्वामा गाविस-८ (हाल दाङ)का दिलकुमार बुढामगरलाई जोहोरबारुको एक कम्पनिमा कार्यरत नेपालीहरुले करीव तीन लाख रुपैयाँ सहयोग गरेका छन् । जोहोरवारुको गेलनपत्तामा पिटिपिफलेस्ट्रोनिक कम्पनीमा कार्यरत नेपालीहरुले उक्त रकम सहयोग गरेका हुन् ।

Dil-Bahadur-Budha

दिलकुमार बुढामगर

केही समय अगाडि काम गरिरहेको ठाउँमा बुढामगर अचानक ढलेका थिए । तत्कालै उनलाई कम्पनीकै क्लिनिकको सहयोगमा एम्बुलेन्समार्फत् सुल्तान अमिना अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारको क्रममा बुढामगरको दुबै मिर्गौलामा खराब रिपोर्ट देखिएको थियो ।

सरकारी अस्पतालमा उपचारमा ढीलो हुने भएकाले कम्पनीले बुढामगरलाई प्राइभेट अस्पतालमा लगि एक हप्तामा-चार पटकसम्म डाइलोसिस गराइएको थियो । उपचार पश्चात केही सुधार आएपछि र बुढामगरले समेत नेपाल फर्कने रुचि देखाएपछि कम्पनीले नेपाल पठाइदिएको सुन्दर श्रेष्ठले  बताए  ।

विहीबार दाङस्थित घर पुगेका बुढामगरको परिवारले कहाँ उपचार गराउने भन्दै अन्योल परिरहेको टेलिफोन जानकारी दिए ।यसैगरी साउदी अरवमा जेलमा कानुनी सजायँ भोगिरहेका कुशादेवी काभ्रेका रामचन्द्र तिमिल्सेना बचाउ अभियानको लागि मलेसियाबाट एक लाख २० हजार २ सय ९२ रुपैयाँ नेपाल पठाएका छन् ।

पोर्टकेलाङमा रहेको सामसुङ कम्पनीमा कार्यरत कर्मचारीहरुको सक्रियतामा रकम जम्मा भएको थियो । संकलित रकम पत्रकार दिपक घिमिरेको नाममा पठाइएको शेरबहादुर तामाङले अनलाइनखबरलाई जानकारी दिए ।

यसअघि पनि सडक दुर्घटनामा घाइते भएका कम्पनीमै कार्यरत सिन्धुपाल्चोकका सोमबहादुर तामाङलाई १२ हजार रिंगेट -करीव साढे तीन लाख रुपैयाँ) जम्मा गरेर तामाङकै हातमा राखिदिएका थिए । पोर्टकेलाङमा रहेको सामसुङ कम्पनीमा करीव साढे चार सय नेपालीहरु कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend