साझा नेटवर्क
उद्धव मगर, कतार ।
विगत ७ वर्षबाट निरन्तर दुवैको एउटै कम्पनी (SGME SECURI GUARD MIDDLE EAST)मा कार्यरत रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नं.७ सिम्लेका रमेश कार्कीको गत १६ अगष्तमा आइडी कार्ड लेवर क्याम्प नजिकै साथमा मोवाइल, पर्स सम्बनधित देशको अधिकारीक आइडि कार्ड नभएको अबस्थामा शव फेला परेको थियो ।
वेवारिसे अबस्थामा फेला परेको शवलाई छानविनका लागि अबुधावि पुलिसले किन र कसरी हत्या भयो भन्ने विषयमा छानविन भैरहेको सोही कम्पनीमा कार्यरत सामाजिक अभियान्ता ऋतु लो तामाङले जानकारी दिए । मृतक रमेश कार्कीको नेपालमा श्रीमती कल्पना कार्की, १५ वर्षको छोरा निराजन कार्की, दीर्घरोगि आमा, बाबा सहित परिवारमा ४ सदस्य रहेका मृतक कार्की घर जाने शिलशिलामा रहेका थिए ।
लामो समय परिवारलाइ खर्च नपठाएको र स्वयं व्यक्ति मृतक अबस्थामा पाउनुले बज्रपात र शोकाकुल भन्दा केही नरहेको अरु थप आर्थिक कमजोर भएकोले मृतक रमेश कार्कीको श्रीमती कल्पना कार्कीबाट सबै जानकारी पाएपछि अब हामीले पनि केही सहयोग गर्नु पर्छ भन्ने भावनाका साथ अग्र पंक्तिमा उभिदै यसै कम्पनीमा कार्यरत ऋतु तामाङले अरु तीन नेपाली दाजुभाइ रमेश पाैडेल, ललित लुङगेलि मगर र गोकुल चापागाईं संग समन्वयन गरी मृतक रमेश कार्कीको छोरा निराजन कार्कीको हिमालयन बैंक खाता नं ०४३०८९८०६८००१७ मा नेपाली ५,११०८७ रुपैया आर्थिक सङ्कलन गरी नेपाल पठाएईको दुवैबाट ऋतु तामाङले जानकारी दिनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend