साझा नेटवर्क
कुमार “अविरल” पन्थी, काठमाडौँ भदौ ५।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज आगनमै आइपुग्दा कलाकारहरुले तिजगितहरु निकाल्ने क्रम रोकिएको छैन । कलाकारहरुले आफ्ना दर्शक श्रोताहरुका रोजाईका तिज गितहरु बजारमा निकाली रहेका छन । शिव कैलाश कला मन्दिरको प्रस्तुतिमा गायक रबिन लामिछाने र सुमन थापा मगरले फरक खालको तिज गित “खुट्टाभए जुत्ता” नामक तिज गित बजारमा ल्याएका छन । गत हप्ता उक्त तिज गित युटुब मार्फत सार्वजनिक गरिएको हो ।

रविन लामिछानेको लय तथा शब्द रहेको गीतमा रविन लामिछाने र सुमन थापा मगरको स्वर रहेको छ । नारायण रिजालद्वारा निर्देशीत उक्त गीतको भिडियोमा रेनुका,रोशन,सुरज र अमृताको अभिनय रहेको छ । राहुल राईको छायांकन तथा विरेन्द्र भाट विपिनको सम्पादन रहेको गितलाई शिव कैलाश कला मन्दिरले बजार व्यवस्थापन गरेको हो ।
हेरौ भिडियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend