logo
  • शनिबार, कार्तिक २२ २०८३

वडा कार्यालय तोडफोड गरि ल्यापटप र नगद चोरी


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

मनोज कार्की
असोज ११ ,गुल्मी ।
गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ७ घमिरको वडा कार्यालय शनिबार राति तोडफोड गरि कार्यलयको ल्यापटप र नगद चोरी भएको छ ।शुक्रबार वडाको कार्यालय बन्द गरि घरमा गएको समय पारी अज्ञात समुहले राती वडा कार्यालयको ढोका तोडफोड गरि कार्यालयको १ ल्यापटप,नगद ६० हजार चोरी भएको मालिका गाउँपालिका वडा नं ७ घमिरका वडा अध्यक्ष बेद प्रसाद पन्थीले जनाकारी दिए ।

आईतबार कार्यालय समयमा वडा कार्यालय खोल्दा कार्यालयको ताला फोरीएको देखेपछि कार्यालयका निमित्त सचिब मनिराम पन्थीले वडा अध्यक्ष देखी प्रहरीलाई खबर गरेका थिए । चोरी घटनाको खबर प्राप्त भएपछि मर्भुङ्ग प्रहरी टोली वडा कार्यालयमा पुगि घटनाको मुचुल्का तयार पारी अनुसन्धान भइरहेको जनाएको छ ।

घमिरको भानुपोखरा बजार नजिकै चोरीको घटना हुदाँ स्थानीय बासिमा त्रास फैलिएको छ । पौष ९ गते घमिरकै वडा कार्यालय तोडफोड गरिएको थियो भने माघ ८ गते भानुपोखरा बजारमा रहेको देबिस्थान मोबाईल पसल पनि चोरी भएको थियो । पछिल्लो समय घमिरको वडा कार्यालय देखि बिभिन्न स्थानमा चोरीका घटना घटिरहेका छन् ।

पछिल्लो समय घमिरमा चोरी र तोडफोडका घटना दिनप्रतिदिन बढ्दो क्रममा छन तर अहिले सम्म कुनै घटनाको दोषी अहिले सम्म पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend