logo
  • शनिबार, भाद्र २० २०८३

पिपलधारा चौतारी सम्पर्क समिति गुल्मीद्वारा क्यालेन्डर विमोचन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

हिम शिखर, नया दिल्ली भारत जेष्ठ ८।
वैदेशिक रोजगारमा रहेका गुल्मी पिपलधारा गाविसका युवाहरू द्वारा संचालित सामाजिक संस्था ” पिपल धारा चौतारी सम्पर्क समिति विश्वसन्जाल गुल्मीले आज एक कार्यक्रम आयोजना गरि कार्यक्रमका प्रमुख अतिथी ९६ वर्षका वृद्धको हातबाट क्यालेन्डर विमोचन गरेको र उक्त क्यालेन्डरहरु पिपलधारा गाविस लगायत छिमेकी गाविस हरुमा समेत वितरण गरेको छ ।

13275694_10206696359195354_2046085844_n

क्यालेन्डर वितरणको साथै सोही गाविसका आर्थिक विपन्न तथा रोग ग्रस्त पीडित धन बहादुर थापा पिपलधारा-३ , नर बहादुर थापा पिपलधारा-९ र दलित उत्थान कार्यक्रमको लागि पत्रकार प्रेम सुनार समेतलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको थियोे । साथै संस्थामा आवद्ध सम्पुर्ण पदाधिकारी एवं क्रियाशिल सदस्यहरुलाई परिचयपत्र तथा प्रमाणपत्र वितरण गरेको थियो ।स्थानीय उपसमितिका अध्यक्ष बाबुराम जिसिको अध्यक्षतामा सम्पन्न उक्त कार्याक्रमको सन्चालन मलेसिया उपसमितिका सचीव कृष्ण बहादुर खड्का ले गर्नु भएको थियो ।

गाविसको चौतर्फी विकासको लागि , सुशासन, सुव्यवस्था र सभ्यसमाज निर्माण गर्नको निम्ति दुई वर्ष पहिला गठित संस्थाका संस्थापक अध्यक्ष बाबुराम थापा र निवर्तमान अध्यक्ष कमल जिसिको नेतृत्वले गरेको एतिहासिक अभियान एम्बुलेन्स खरिद तथा हस्तान्तरण कार्यक्रम लगायत विविध कार्यक्रम पश्चात् नवगठित मुल कार्यसमितिका अध्यक्ष कृष्ण प्रसाद खनालको नेतृत्वमा संचालित संस्थाको मातहतमा मलेशिया, युएई ,भारत, गल्फ र स्थानीय गरि ५ उपसमिति कृयाशिल रहेका छ्न ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend