साझा नेटवर्क
शिव राज गौतम, कतार।
आइओएस प्रमाणित कम्पनी नासर अल अली इन्टरप्राइजेज कतारले आफ्ना दुई नेपाली कामदार नजामुद्दिन कवारी र देवप्रसाद राईलाई कम्पनीमा १० वर्षभन्दा बढी आफ्नो समर्पण इमान्दारिता र उत्कृष्ट काम गरेवापत् जनही १५ हजार रीयाल पुरस्कार प्रदान गरी सम्मानित गरेको छ ।
नासर अली अल अली, कम्पनीका मालिक नासर अल अलीले एक कार्यक्रमका विच ती कामदारहरुलाई सो नगद हस्तान्तरण गरेका थिए । सन् २००९ मा महोत्तरीबाट कन्स्ट्रक्सन कामदारको रुपमा कतार आएका नजामुद्दिन कवारी छोटो समयमै सो कम्पनीमा ट्रेड वर्कर भइसकेका छन् । गरिव परिवारबाट आएका कवारीले सो कम्पनीमा काम गरेर आर्थिक सुधार समेत गरेकाछन् । उनले पाएको यो १५ हजार इनाम अव आफनो छोराछोरीको उच्च शिक्षाको लागि खर्च गर्ने बताए । उनका एक छोरा पनि हाल कतारमै रोजगाररत छन् ।
कम्पनीका मालिक नासर अल अली अत्यन्त राम्रो रोजगारदाता भईकन आफनो अविभावक भएको र बताउदै आफु यस कम्पनीमा कामगर्न पाउनु आफनो अहोभाग्य भएको कवारीले बताए । अर्का १५ हजार इनाम पाउने भाग्यमानी कामदार देवप्रसाद राईपनि २००९ मा सोही कम्पनीमा काम गर्न आएका हुन् । कन्स्ट्रक्सन कामदारको रुपमा आएका निम्न पारिवारिक पृष्ठभुमीका राईपनि अहिले ट्रेडमा काम गर्नसक्ने दक्ष कामदार भइसकेकाछन् । नासर अल अली इन्टरप्राइजेजमा आफुले काम गरेर आफनो आर्थिक सुधार गर्न सकेको बताउने राईले कम्पनीको मालिक आफुहरुको अविभावक भएको बताए।
कम्पनीका मालिक नासर अली अल अलीले आफनो कम्पनीमा काम गरीरहेका कामदारहरुलाई उनीहरुको इमान्दारिता, लगनशिलता र योगदानको मुल्यांकन गर्दै पुरस्कार दिन पाउदा आफुलाई खुशी लागेको बताउदै उनीहरुको योगदान आफनो कम्पनीमा प्रशंसनिय रहेको बताए । कम्पनीले आर्जन गरेको रकमबाट यसरी कामदारहरुलाई समयसमयमा पुरस्कृत गर्न पाउदा कम्पनी र कामदारको विचमा गाढा सम्बन्ध हुने र कामदारहरुपनि प्रोत्साहित हुने बताए। आफना कामदारहरुले वफादारी र कडा परिश्रमले कम्पनीको सफलतामा समेत ठुलो योगदान पुर्याएकाछन् ।
उनीहरुको कामको सराहना गर्दै उत्साहको टोकनस्वरुप गर्दै आएको बताउदै आफना कामदारहरूले आगामी दिनमा अझ बढी योगदान दिने र उनीहरुले पनि सफलताहरू प्राप्त गर्दै जाने कुरामा आफु विश्वस्त रहेको बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend