साझा नेटवर्क
-बाबुराम महत ।
परिवर्तिनका लागि युवा भन्ने मुल उद्देश्यका साथ गुल्मी इस्मा गाउँपालिका भित्र केही नयाँ किसिमको सोचका साथ स्वातन्त्र युवा पङ्क्तिहरूको समुह दर्ता हुने क्रममा छ । परिवर्तनका लागि युवा यहीँ स्लोकलाई सार्थकता दिनको लागि नयाँ किसिमको सोच र भिजन साथ हामी स्वातन्त्र युवाहरुको एउटा समुह बनाउने कार्यमा लागि राखेका छौं ।

विशेष गरी इस्मा गाउँपालिका भित्रका साथिहरु यो विसुद्ध स्वातन्त्र समाजसेवा र बेथिति बिरूद्ध खबरदारीका साथै युवालाई स्वरोजगार बनाउने महान कार्यमा ऐक्यवद्धता जनाउनु हुनेछ भन्ने आशा गरेका छौ । देशैभरी बढ्दै गएको राजनीतिक बेथिति बिसंगति भष्टाचार र राजनितिक दलको गैरजिम्मेवारी पनले ओतप्रोत पारेको छ ।
यसबाट हाम्रो इस्मा गाउँपालिका पनि अछुतो रहन नसकेको अवस्थामा यस गाउँपालिका भित्रपनि बेथिति भष्टाचार अनियमितता झन-झन बढ्दै गएको अवस्था छ । गाउँपालिका भित्र त्यस्तो कुनै युवा स्वरोजगार सम्बन्धि कार्यक्रम आएको देखिदैन । यस गाउँपालिका भित्र प्रय्यात सम्भावना हुँदा-हुँदै पनि स्थायी सरकारको ध्यानाकर्षण हुन सकिराखेको छैन । यस किसिमका यवात समस्याहरूको हल एउटै हो हामी युवाहरुको एकरुपता/एकता ।
राजनीतिक आस्था सबैको आ-आफ्नो ठाउँमा होला तर सकरात्मक सोचलाई लिएर अगाडि बढ्नु कुनै बिकल्प छैन । हामी युवाहरु सामाजिक चिन्तन भयोे भने गाउँपालिकामा कुनै किसिमको भष्ट्रचार र बेथिति पक्कै हुँदैन । गलत प्रवृत्ति विरूद्ध हामी एक भएर आवाज उठायौं भने त्यो आवाजको कदर अवश्य पनि हुन्छ ।
हामी छुट्टाछुट्टै आवाज धेरै उठायौं तर केही परिवर्तन हुन सकिराखेको छैन । अब हामी युवाहरु एक भएर आवाज उठाउनु अहिलेको आवश्यकता हो । हामीहरू राजनीति धेरै गरियो तर त्यहीँ राजनितिले समाज सेवा कति गर्यौं हामीले कहिल्यै पनि अभिलेख राख्यौ ? अब हामी यस किसिमको गलत राजनीतिलाई पक्कै पनि खबरदारी गर्न सक्ने हिम्मत राखेर अगाडि बढ्नुपर्छ ।
असम्भव भन्ने केही छैन हामी सबै किसिमको परिवर्तन गर्न सक्ने जोस जाँगर सामर्थ्य भएका युवाहरु हौ हामी अब एक हुनुपर्ने बेला आएको छ । बिगतमा के थियो त्यतातिर नजाऔं अब हामी कसरी अगाडि बढ्ने हो र समाज परिवर्तनका लागि के गर्न सकिन्छ त्यस कार्यमा अग्रसर हुदै जाऔ मेरो आग्रह सम्पुर्ण साथिहरुलाई ।
इस्मा गाउँपालिकामा वर्षेनी आउने बजेटलाई उचित किसिमले व्यवस्थापन गर्नसके मात्र पनि सबै क्षेत्रलाई राम्रोसंग सम्बोधन गर्न सकिन्छ । यहाँ अरू कुनै चमत्कार गर्न पर्दैन । इस्मा गाउँपालिका भित्र प्राप्त कृषिको विकास गर्न सक्ने उब्जाउ जमिन छन् । यसलाई प्रयोगमा ल्याउन सकेमात्र पनि समग्र इस्मा गाउँपालिका भित्रका युवाहरुलाई रोजगारी उपलब्ध गराउन सक्ने किसिमका सम्भावनाहरु छन् ।
बाख्रा भैसी कुखुरा पालनको लागि त्यस्तै किसिमका उपयुक्त ठाउँहरू छन । हरेक कुराबाट इस्मा गाउँपालिको विकास सम्भव छ । त्यसैले साथिहरु परिवर्तित सोचलाई अंगाल्दै परिवर्तित समाज निर्माणको खाका तयार गर्ने । तपाईं हाम्रो कर्तव्य दायित्व हो यसलाई जिम्मेवारी पुर्वक आत्मसाथ गर्दै युवा स्वरोजगार र वेथिती विरुद्ध खबरदारी गर्दै अगाडि बढौ । Youth for Change Gulmi मा हामी सबै आबद्ध हौ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend