साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी श्रावण ३२ ।
गुल्मीको दर्लिङ गाविसका पहिरो पीडित परिवारलाई साउदी अरबमा रहेका नेपालीको पार्टी बिवेकशिल नेपाली पार्टीले आर्थिक सहयोग गरेको छ ।बिवेकशील नेपाली पार्टीमा आवद्ध साउदी अरबमा कार्यरत नेपालीले पहिरोले बढी क्षति पुर्याएको दर्लिङको दलित बस्तीका पीडित परिवारका लागि ११ हजार रुपैंया सहयोग गरेका हुन् ।
रोजगारीका लागि गुल्मीको हर्दिनेटाबाट साउदी अरबमा पुगेका मधुकृष्ण पन्थको पहलमा रकम संकलन भएको हो ।रोजगारीका लागि साउदी अरबमा रहेका पन्थ मार्फत संकलन गरिएको रकम दर्लिङ गाविसका सचिव गोपाल सेन मार्फत दर्लिङ ३ कसिलाबाँझका लिलबहादुर विक, मिना विक, डिला विक, शशिराम घर्ती, शशिराम विक, वार्ड नं. २ का दुर्गा विक, बोमे विक, ५ का माया विक, शशि विक, ८ का ओमप्रकाश विक र ९ का बोमबहादुर विकलाई वितरण गरिएको छ ।
पहिरोले दर्लिङमा मात्र ६७ घर प्रभावित भएका छन् । ति मध्ये पनि वार्ड नं. ३ को दलित बस्ती पुरै विस्थापित भएको छ । विस्थापित दलित परिवारका सबै भन्दा बढी प्रभावितलाई खाजा खर्चका लागि बिवेकशिल नेपाली पार्टीले सहयोग गरेको संकलनकर्ता पन्थले बताए । ‘उनीहरुको पीडामा महलम थप्ने हाम्रो सानो प्रयास मात्र हो, उनले भने ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend