logo
  • शनिबार, भाद्र २० २०८३

युवाहरुको नैतिक दायित्व


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

-किरण अधिकारी ।
“युवा” हो युवा शब्द आफैमा कती उत्कृष्ट छ । युवा भनेको त्यस्तो शक्ति हो जस्लाई देशको मेरूदण्ड भनिन्छ । जसको काधमा समाज र देशको जिम्मेवारी हुन्छ । युवा भन्नु नै सिर्जनशिलता हो, एउटा उत्कृष्ट सोच हो, नयाँ खोज परिवर्तशिलता बेग्लै पहिचान हो । हरेक क्षेत्रमा युवाको सोच आजको आवस्यकता हुन्छ । सामाजिक आर्थिक राजनीतिक हरेक क्षेत्रमा युवाको उपस्थिति हुनुपर्छ ।

परिवर्तित समाज निर्माणको मुख्य भुमिका आजका युवाहरुको हो । यो देश विकास भएको साथै हाम्रो समाज परिवर्तन भएको हामी देख्न चाहान्छौं, त्यसैको लागि हामी निरन्तर रूपमा आवाज उठाइरहेका नै हुन्छौं । के हामी नेताहरुको चरित्रलाई लिएर मात्र आवाज उठाउनु हाम्रो दायित्व होर आजको गम्भीर प्रश्न युवाहरु माथि आएको छ।

यो देश परिवर्तनको लागि जनतामुखी सरकार हामीले आजसम्म पाउन सकिराखेका छैनौं । हामी सबैमा राजनीति प्रती गहिरो वितृष्णाहरू छन । सरकार गत्तिलो भएन नेताहरुमा गलत प्रवृत्ति हावी भएको छ । भष्ट्र नेता नैतिक रूपमा पतन भएकाहरूलाई मात्र प्रोत्साहन गरेको देखिन्छ । जो राष्ट्र र जनताको सेवाप्रति सधै उत्तरदायी भएर निरन्तर रुपमा सक्रिय छन्, तिनीहरुलाई सरकारले नै लत्याएका धेरै घटनाहरु तपाईं हाम्रो मानसपटलमा जगजाहेर नै छन ।

गलत प्रवृत्ति विरूद्ध सशक्त रुपमा आवाज उठाउनु आजका युवाहरु दायित्व हो । तर यति मात्र गरेर यूवाहरुको दायित्व पुरा हुदै हुदैन । युवा पुस्ता अब राजनीतिमा आउनु पर्छ पढेलेखेका जाने बुझेको सकरात्मक सोच र भिजन भएका युवाहरु राजनीतिकमा आउनु सर्हानिय काम हो । मत भन्छु आउनै पर्छ, भनिन्छ सम्पुर्ण नितिहरूको मुख्य निती भनेको नै राजनीति हो ।

युवा पुस्ता राजनीतिमा सक्रिय हुदै गर्दा जती गर्व लाग्छ, त्यो भन्दा धेरै गुणा दुख पनि लागिरहेको छ । आजभोलिका युवा राजनीतिक कर्मीहरु क्रियाकलापहरू देख्दै गर्दा युवा र परिवर्तन आफैमा परिपुरक शब्द हुन तर आजसम्म राजनितिक प्रवृत्तिलाई हेर्दा युवा र परिवर्तन परिपुरक नभएर ठ्याक्कै विपरितार्थक भएको छन । जुन किसिमको दुषित राजनीति व्यवस्थाको फलो र अग्रज नेताहरु गर्दै आएको भन्दापनि धेरै दुषित राजनीति गर्दै आएको आजका युवाहरुलाई देखिन्छ ।

साच्चै उदेक लागेर आउँछ लाग्छ ! अब यो देशलाई त्यस किसिमका युवाहरुको आवश्यकता पक्कै छैन । जस्ले तिनै भष्ट्र नेताहरुको भक्ती भजन गाएर हिड्छन् । नेपाली युवा पुस्ता बिच शिक्षा भन्दा बढी आवश्यक अब संस्कार र चेतनाको जरूरत छ । पढे-लेखेर मात्र युवाको सोचमा परिवर्तन आउदैन रहेछ, भन्ने कुरा सामाजमा भएका विभिन्न किसिमका घटनाहरूको कारण गर्दा जगजाहेर नै भैसकेको देखिन्छ ।

स्कुल कलेजको शिक्षाले मात्र युवाहरुलाई हरेक तवरबाट चेतनशील बनाउँछ भन्ने यो भ्रमबाट हामी अब मुक्त भए हुन्छ । अहिलेको समयमा युवाहरुको शिक्षित छैनन र शिक्षित व्यक्ति सबै सही छन भन्न नसकिने अहीलेको सार्है दु:खद अवस्था छ हाम्रो समाजमा । गलत संस्कार र अधिकारको समाजमा आतंङक फैलाउन खोज्नेहरु कसरी युवाको रूपमा लिन सकिन्छ ।

हाम्रो संस्कृति र सामाजमालाई सही बाटोमा डोराउनु र समग्र देशमा सुशासन कायम गर्न सहयोग गर्नु आम नागरिकको दायित्व हो, विशेषगरी युवाको कर्तव्य र दायित्व हो । राजनीति बुझ्नुस् तर कुनै एक दलको सपोर्ट भनौं या (अन्धभक्त) भएर अर्को दल या विपक्षी दलको सकरात्मक पक्षलाई आत्मसाथ गर्न नसक्नु र आफ्नो दल र नेता कार्यकर्ताको गलत प्रवृत्तिलाई उजागर गर्न नसक्नु ।

सहि र गलत प्रवृत्तिलाई चिरफार गर्न नसक्नु हामी युवाको कमजोरी हो । यस्ता किसिमका कदमहरूलाई नैतिक दायित्व रुपमा लिन सकिदैंन । हरेक क्षेत्रबाट ज्ञान अनुभव हासिल गर्न सकिन्छ, सिकेको ज्ञान र अनुभवहरुलाई सहि ठाउँमा सदुपयोग गर्न नसक्नु आजका युवाहरुको मुल कमजोरीको रुपमा देख्न सकिन्छ।

परिवर्तित समय संगै हामी युवाहरु हरेक तबरबाट परिवर्तन हुनु अपरिहार्य छ, हामिहरु परिवर्तन हुदै गर्दा हामीमा सामाजिक व्यक्तित्व हाम्रो संस्कार पनि हुनै पर्छ । आजभोलि हाम्रो समाजमा घटिरहेने सामाजिक आर्थिक राजनैतिक र सांस्कृतिक घटनाहरुमा युवाहरुको नै महत्वपूर्ण भुमिका रहेको देखिन्छ । समाजमा हुने हरेक गलत प्रवृत्तिलाई निर्मुल पार्न सक्ने दायित्व खासगरी युवा वर्गमा रहेको हुन्छ ।

समाज परिवर्तनमा युवा वर्गको नैतिक दायित्वलाई आत्मसाथ गर्दै युवाहरुमा देश भक्ति राष्ट्रिय स्वाभिमान राष्ट्रियता प्रतिको दायित्व हामी युवाको भुमिका हो । यसलाई प्रबल तुल्यादै सम्पुर्ण नेपालीको उज्वल भबिष्यको निर्माण गर्दै सुखी नेपाली सम्बृद्ध नेपाल निर्माणको खाका कोर्ने अब युवाहरूको नैतिक दायित्व हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend