logo
  • शनिबार, भाद्र २० २०८३

गायिका घर्ति “छाई छाई कडिया” बजाउदै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार ‘अविरल” पन्थी, काठमाडौँ भदौ १।
रेड एप्पल मिडियाको प्रस्तुतिमा संचारकर्मी अनुराधा घर्ति र मनिश्रा मगरको तीजको गित सार्वजनिक भएको छ । पुरानो भाकामा रहेको “छाई छाई कडिया” बोलको तिज गीतलाई युट्युब मार्फत सार्वजनिक गरिएको हो।

chhai-chhai-kadiyaपछिल्लो समयमा पुराना गित सङ्गीतलाई संरक्षण गर्दै नया शैलीमा परिमार्जन गरेर नयाँ आवाज तथा नया दृश्य निर्माण गरि श्रोता सामु पस्किन थालिएको छ । लामो समयदेखि सङ्गित क्षेत्रमा क्रियाशील रहदै आएकी सञ्चारकर्मी तथा लोक दोहोरी गायिका घर्तीले आफ्नो आठौ कोसेली मौलिक तीज गीत “छाइ छाइ कडिया” लिएर बजारमा आएकी हुन ।

गायिका घर्तिकै लय तथा शब्द रहेको गीतमा स्वयम घर्ति, बिष्णु प्रसाद गौतम र विश्वास नेपालको आवाज रहेको छ । लोकेन्द्र शाहले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा  हरिमाया, बिशाल र एलिनको अभिनय रहेको छ । माधब पौडेलको छायांकन रहेको भिडियोलाई विजय पोखरेलले सम्पादन गरेका हुन।

पछिल्लो समयमा नयाँ र आधुनिकता भन्दा पनि पुराना र मौलिक भाकाहरु स्रोता र दर्शकको रोजाइमा रहेको गायिका घर्ति बताउछिन । यो गित पनि दर्शक श्रोताहरुको रोजाईमा परेकोले आशा गरे भन्दा बढी सफलता हात पर्नेमा ढुक्क भएको उनको भनाई छ ।

गीतमा “तीजैमा लाउला रातो सारी किनेर, नाचौउला मादलुको तालमा बरिलै, सबको मर्म बुझेर शिवजीलाई पुजेर, छाइ छाइ कडिया बझाउदै मेलैमा” जस्ता शब्द रहेका छन । तीजका गीतहरुमा मौलिकता हराउदै गएकोले पुरानो गीतलाई नयाँ शैलीमा परिमार्जन गरि बजारमा ल्याएको बताइन ।


भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend