साझा नेटवर्क
-मधुसुधन पाण्डे ।
आजभन्दा करिव २० वर्षअघि नेपालमा टेलिफोन टेलिभिजन मोबाइल लगायत इलेक्ट्रोनिक समान कमै मात्रामा प्रयोग गरिन्थ्यो । ग्रामीण भेगका जनतालाई फोनमा कुराकानी र टेलिभिजनका दृश्य अनौठो लाग्थ्यो । तर आज २० वर्ष पछाडि सुचना प्रविधिको यति विकास भएको छ कि मानौ त्यसले ठुलै अंश ओगटेको छ । कुनैपनि विकासको पछाडि विनाश अवस्य लुकेको हुन्छ ।

वर्तमान समयमा बढ्दो सुचना प्रविधिले ग्रामिण तथा स्थानीय भेगमा निकै प्रभाव र असर परेको देखिन्छ । ग्रामिण भेगमा पुरुष महिलाबिच सम्बन्ध विच्छेद गर्ने त सामान्य क्रियाकलाप बनिसकेको छ । अहिलेको सन्दर्भमा हरेक व्याक्तिको हात हातमा मोबाइल नभएको मान्छे सायद विरलै मात्र देख्न पाईन्छ । मानौ १४-१५ वर्षका केटाकेटी देखि लिएर ६५-७० वर्षका वृद्धवृद्धासम्म पनि मोबाइल छन् ।
अझ स-साना केटाकेटी सँग त अहिले स्मार्ट फोन अथवा टच स्क्रिन मोबाइल छन् । अहिलेका अधिकास युवायुवती भरपुर रुपमा सामाजिक सञ्जालमा व्यस्त देखिन्छन् सामाजिक सञ्जाल भन्नाले फेसबुक, ट्विटर, ईन्स्टेग्राम, ईमो, भाईवर, वाटसप लगायत पर्दछन् ।अहिलेका प्राय युवायुवती सबैभन्दा धेरै फेसबुक र ईमो प्रयोग गर्दछन् । विवाहित पुरुष वा महिलाहरु बढी मात्रामा सामाजिक सञ्जालमा फसेको विभिन्न अध्ययनले पुष्टि गरेको छ।
यसरी सामाजिक सञ्जालमा धेरै व्यस्त भईरह्दा बिकृति पनि चरम रुपमा प्रवेश गरेको छ । अहिलेको समयमा कुनैपनि विवाहित महिला वा पुरुष परपुरुष वा महिलासग माया प्रेममा फस्ने गर्दछन् । यत्ति सम्मकि दुई तीनवटा छोराछोरी जन्माई सकेका दम्पती पनि अपरिचित मानिससँग माया प्रेममा फसि ती अवोध बाल-बालिकालाई कतिले विचल्ली पारेर परपुरुष वा महिलासँग सम्बन्ध पनि गासेको प्रशस्तै भेटाउन सकिन्छ ।
सबैभन्दा महत्त्वपूर्ण कुरा त बर्तमान समयमा पुरुष भन्दा महिला बढी सम्बन्ध बिच्छेद गर्ने र परपुरुषसग सम्बन्ध गास्ने प्रचलन बढिरहेको छ । नेपालमा बेरोजगारीको कारण आफ्नो श्रीमतीलाई घरमै छाडी प्रदेशमा जान्छन् । अधिकांश युवाहरु उनीहरु ५०-६० डिग्रीको चर्को गर्मीमा जेनतेन थोरैधेरै कमाउन थाल्छन् ।
तब घरमै बसेका महिलाहरुलाई बजार झलमल्ल लाग्न थाल्दछ त्यसपछि उनीहरु आफ्नो श्रीमानलाई बजारमा बसाल्न प्रेसर गर्छन् । अलिकति पैसा कमाएपछि दुख कस्ले गर्छ र ? श्रीमान पनि हुन्छ भन्ने सल्लाह सुझाव दिन्छ उसलाई थाहा हुदैन कि उसले म प्रति विस्वासघात गर्दिन भनेर, तब श्रीमती बजारमा बस्न थाल्छिन उनलाई समय विताउन गार्हो पर्छ अनि सामाजिक सञ्जालमा कसैसँग कुरामा व्यस्त हुन थाल्छिन ।
कुराकानी हुँदै गएपछि मायाप्रेमले जरा फैलाउदै जान्छ उनी चरम मायाप्रेममा फस्छिन श्रीमान्ले कमाएको पैसा सम्पत्ति उसैप्रति लगानी गर्दछ । जब विदेशबाट श्रीमान् फर्किने समय हुन्छ त्यो समयमा न पैसा हुन्छ न त सम्पत्ति नै त्यसपछि उनी उसैसँग सम्बन्ध गास्छिन जब श्रीमान् फर्केर आउँछ न श्रीमती न सम्पत्ति नै अन्तिममा पुरुष नै पिडामा पर्दछ ।
यसरी सामाजिक सञ्जालको प्रयोगले गर्दा एउटा श्रीमान् चरम पिडामा पर्दछ बढ्दो सुचना प्रविधिले केही त विकास गर्यो तर विकासको नाममा विनाश पनि भएको छ । हामी युवायुवतीले पनि धेरै समय प्रयोग गर्ने सामाजिक सञ्जाल बिस्तारै कम गरै सञ्जालबाट हुने बिकृतिबाट टाढै रहौ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend