साझा नेटवर्क
साझा नेटवर्क ।
कोरोना भाईरस (कोभिड-१९)ले विश्व नै आक्रान्त बनाई रहेको अवस्थामा कतार पनि अछुतो रहेन । कतारमा कार्यरत नेपाली श्रमिकहरुलाई प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) कतारको स्वयंसेवक समुहले थोरै भएपनि भरथेग गरेको छ । यसै शिलसिलामा लामो समय देखि रोजगार विहिन नेपाली मजदुरलाई समुहले थप खाद्यान्न हस्तान्तरण गरेको छ ।

कोभिड –१९ को समस्याले गर्दा लामो समयदेखि रोजगार विहिन भएका तीनजना अरुण गुरुङ बुद्धिराज तामाङ र विशाल बोहोरालाई निजहरु कै क्याम्पमा गएर ४० किलो चामल, ५ किलो मिक्सदाल, १.५ किलो सोयाबिन, १ किलो मटर र १.५ किलो चना लगायतका खाद्यन्न सामग्रीहरु पिएनसीसी कतारका स्वयंसेवक द्वय बिलबहादुर गुरुङ र दिनेश कुमार सुनुवारले हतान्तरण गर्नुभएको छ ।
उक्त खाद्यान्नमा लागेको खर्च परोपकारी मनका धनी दिनेश कुमार सुनुवारले बेहोर्नु भएको छ । पिएनसीसी स्वयंसेवक तेजबहादुर गुरुङको अनुरोधमा केहि समय पहिले एनआरएनए एनसीसी कतारसँगको समन्वयमा पनि खाद्यान्न उपलब्ध गराएको थियो ।
स्वयंसेवक सुनुवारले यस अघि नै कोभिड –१९ को समस्याले रोजगार गुमाउनु भएका अति विपन्न बर्गका नेपाली दाजुुभाई तथा दिदिबहिनीहरुलाई स्वदेश फर्कनको लागी हरेक तीन–तीन महिनामा एक जनालाई हवाई टिकट आफ्नो तर्फबाट दिने घोषणा गर्नुभएको छ। सुनुवार कतारको एक प्रतिष्ठित अलमिरामा क्षेत्रीय म्यानेजरको रुपमा कार्यरत हुनु हुन्छ ।
प्रवासको ठाउँमा कोहि पनि नेपाली भोकभोकै भौतारिन नपरोस् भनेर आपत विपत परेको खण्डमा विभिन्न निकायसँगको समन्वयमा खाद्यान्न सहयोग गर्न तत्पर रहेको समुहले बताएको छ । आवस्यक परेको अवस्थामा समुहका सदस्यहरुसँग सम्पर्क गर्न पनि समुहले बताएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend