साझा नेटवर्क
साझा नेटवर्क,प्यूठान भदौ ८ ।
प्युठान अस्पतालमा दन्त सेवा पुन : सुचारु गरिएको छ । गत असोजमा कर्मचारी समायोजनले डेन्टल डाक्टरको सरुवा भएपछी रोकिएको यो सेवा पुनः सुचारु भएको प्युठान अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डा. अमृत पन्थीले बताए । समायोजन पछी अर्को डाक्टर दरबन्दी रहेपनी अस्पताल नआई पढन गएपछी यो सेवा सञ्चालन हुन सकेको थिएन् ।
प्रदेश सरकार मार्फत छात्रवृत्ति करारमा डेन्टल सर्जन डा. सुवास भुसाल प्युठान आएपछी आज देखी यो सेवा सञ्चालनमा ल्याईएको पन्थीले बताए । डेन्टल सर्जन सहित अस्पतालबाट एक जना अहेबको समेत व्यवस्था गरी यो सेवा सुरु गरिएको जनाईएको छ । सेवा सुरु भएपछी प्राईभेट संगै जिल्ला बाहिर खर्च बढी गरेर दातको उपचार गर्न जानुपर्ने बाध्यता हट्ने विश्वास लिएको पन्थीले बताए । लुम्बीनी प्रादेशिक अस्पताल बुटवलमा १० महिना जागिर पश्चात सरुवा भएर प्युठान आएको डेन्टल सर्जन भुसालले बताए । अस्पतालमा यो सेवा सञ्चालन आए पश्चात दात निकाल्ने, दातमा सिमेन्ट भर्ने, दातमा घाउ आएको उपचार, ओ.पि.डी. सेवा लगाएत दात सम्बन्धी उपचार हुने उनले बताए । तीन- चार दिन पहिले अस्पतालमा आएको हुँ, भुसालले भने,–‘व्यवस्थापन पछी आजदेखी सेवा सुरु गरिएको हो। ’ न्युनतम शुल्कमा सामान्य डेन्टल सम्बन्धी सम्पूर्ण उपचार यहाँ हुने उनले बताए । आर.सि.टी. पनि बिस्तारै सुरु गर्ने योजनामा रहेको डेन्टल सर्जन भुसालको भनाई छ ।
पहिलो दिन दिउसोसम्म चार जनाले दन्त सेवा लिएका छन् । लामो समय रोकिएको यो सेवा पुनः सुचारु भएको खबर जनस्तर सम्म पुग्नुका साथै कोरोना संक्रमणको दर कम भयो भने बिरामीहरु बढ्ने डेन्टर सर्जन भुसालले बताए । – हाम्रो एकता
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend