साझा नेटवर्क
-जुना कुँवर ।
देब तथा पितृकार्यमा प्रयोग गरिने कुश हिजो घर-घरमा भित्राइएको छ । हिजो भाद्र कृष्ण औशीका दिन कुशे औशी पर्व मनाइन्छ । यस दिनमा विधीपूर्वक कुश काट्ने र आफ्नो आफन्त तथा गूरु मान्ने भक्तजनको घरमा पुर्याउने चलन छ । कुश घरमा राख्नाले परिवारको कल्याण हुने, सुख, शान्ति, मिल्ने धार्मिक विश्वास रहिआएको छ भने यसको प्रयोग आयुर्वेदिक उपचारमा समेत गरिन्छ ।

विषेशगरी धार्मिक तथा पितृ कार्यमा बढी प्रयोग हुने कुशको देव पौराणिककालमा पनि निकै धेरै प्रसंग उल्लेख गरिएको छ । कुशको प्रयोग धार्मिक तथा पितृकार्य गर्दा विभिन्न रुपमा प्रयोग गर्ने चलन छ । पितृ तथा गोकर्ण औशीका रूपमा मनाइने हिजोको दिनलाई बाबुको मुख हेर्ने दिनका रूपमा समेत मनाउने गरिन्छ । छोराछोरीले बाबुलाई मनपर्ने मिठाई तथा भोजन गराई सम्मान प्रकट गर्ने परम्परा छ ।
आफूलाई जन्म दिई लालनपालन गरी अबोधबाट बोध बनाउने बाबुप्रति कृतज्ञता ज्ञापन गर्न पितृ दिवसका रूपमा मनाईने यस पर्वमा छोराछोरीले बाबुलाई कपडा, तथा सजावटका सामान दिने चलन आजभोली बढेको छ । आफ्नो सारा खुशी र र सपना त्यागेर छोराछोरीको खुशी किन्ने पिताको लागि हिजोको दिन मात्र सम्झेर पुग्दैन । पिताले देखाएको सत्मार्ग,सुशासन र संस्कार खासगरी एकदिन देखाउने भन्दा पनि ब्यबाहरिक रुपमा जीवन्त पालना गर्ने दायित्य हामि छोराछोरीको हो ।
हाम्रो कारणले घर, परिवार र समाजमा आफ्नो अस्तित्व गुमाउदाको पिडा खप्न नसकेर स्थान्तरण, बेपत्ता र आत्महत्या गर्न बाध्य केहि पिताको मन र आत्माले आजको देखावटी दिनले भाद्र महिनाको कडा घामलाई बिर्साउने रापले पोल्छ होला अनि सुक्न लागेको कलेजोको घाउ पुन बल्झियो होला । समग्र पिताहरुले हिजो देखिने फेसबुकको पोष्ट सन्तानका अन्तर्मनका निस्केको आवाज भनेर हर्सित मनले जिबन्त रुपमा मुटु भरि साचेर राख्ने बाचा आफ्नो मनसंग गर्नुभए होला ।
जुन बालक जन्मदै पिता गुमाई सके वा सन्तानको मन र मस्तिष्कमा पिताको अनुहार र मायाको छाप पर्न नपाउदै पिता गुमाए ति छोराछोरीको लागि हिजोको दिन पिताको माया र स्नेहको चरम अभाबले जलेको कलिलो मनमा अझ सम्झनाले पिडा थपिदिएको अनुभब पाए । हिजोको दिन समग्र सामाजिक रुपमा पिताप्रतिको सकरात्मक सदभाब देखिए ।
जस्तै मानसिक रुपमा पनि पिता प्रतिको सम्मान जीवित राख्न सकियो भने हाल संचालनमा रहेका बृद्धाआश्रम ब्यबस्थापन गर्नु पर्ने तनावलाई अन्य अत्याबश्यक कार्यमा लगानी गर्न सके समग्र पिताको सपना पुरा गर्ने गन्तब्य सुनिश्चित छ । सारा आफन्त इष्टमित्रले पिताको आशिर्बाद र अतितको सम्झना स्वरूप राखिएको फेसबुकको पोस्टले मलाई पनि मेरा स्वर्गीय पिताप्रति केहि लेख्न मन लाग्यो ।
१३ बर्षको कलिलो उमेरमा जब पिताको माया र स्नेहको महसुस गर्न सिक्दै थिए तबजीवनदाता पितालाइ मानब रुपी संसारबाट गुमाए तर ति पाएका स्नेहको अनुभब उत्तिकै ताजा छन् जुन आज सम्झनको लागि कुशे ओंशिको आबश्यकता परेंन किनकि पिताको स्नेह मानसपटलमा जिवितै छ । प्रतेक पटकको सास मातापितासंगै चलिरहेको आभाष पाउँछु ।
जीवनमा पहिलो पटक अन्तर्मनबाटनिस्केको पहिलो शब्द बाबा अनि बिना स्वार्थ गरेको माया स्नेहले भरिएको पबित्र नाताको प्रतिफल दिने रहर त थियो तर दैबको अगाडी अबोध बालिकाको प्राथना कसले र कहाँ सुनाउनु आखिर दैबले आफ्नो अधिकार जमाई छाड्यो । २१ वर्ष पहिला पिता गुमाउदाको पिडा कताकता बल्झिएको अनुभूतिसंगै आत्मविश्वास र जिम्मेवारीको भारले हजुरको मार्गदर्शनको अभाब खड्किएको अनुभब गरे ।
जीवन भोगाईमा पिताको साथ र स्नेहको अभाब नभएको कुनै पल याद छैन तापनि मसंगै भएको विश्वासमा भूलिदिन्छु । पिताको आत्मा शान्तिको लागि समाजप्रतिको सकारात्मक कार्यलाई बचाईराख्ने प्रयास गर्दै धार्मिक र सास्कृतिक रितिअनुरूप अर्को जन्म पनि हुन्छ रे भन्ने बिश्वास हाम्रो हिन्दु परम्परालाई आधार मानेर तपाइँको सन्तानको रुपमा पुनर्जन्म हुने रहर छ । हामी आफ्ना पिताका भौतिक, भावानात्मक, जैविक अनि सपनाका अंशहरु बाहेक अरु होइनौ ।
हामीमा बगेको रगत ,अडेको संस्कार र गढेको सपनाहरु उँहाहरुको लागि धेरै नजिक हुन्छन तसर्थ असहज परिस्थितिको सिर्जना गरि जीवन भरि आफुसंगै हुदाँ हालचाल सोध्न नसक्ने ब्यहबार गर्नु भन्दा पिताप्रतिको जिम्वेवारी र पिताको सत्मार्गमा रही पिताको शिर उच्च राख्दै पितासामु मुख देखाउन सक्ने सन्तान बन्नु । आफ्नो सम्पूर्ण जीवन आफ्नो सन्तानको लागि समर्पण गर्ने महान सृष्टिकर्ता पिताहरु प्रति हार्दिक नमन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend