साझा नेटवर्क
संगिता कुवंर, टोकियो श्रावण ३१।
सधै ब्यस्त रहने जापानका दिदि बहिनी शनिबार भने दर समेत खान र खुवाउन समेत भ्याएका छन् । पोख्रेली दिदी बहिनी समूहको आयोजनामा रमाईलो तिज २०७३ कार्यक्रम संगै दर र नाचगान गर्न भ्याएका हुन । पोखराबाट जापान आई विभिन्न पेशा व्यवसायमा आवद्ध पोख्रेली दिदी बहिनी समूहले टोकियोको सिनओकोबु स्थित नेपाली मुरा हलमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

रमाईलो नाँचगानको कार्यक्रम संगै औपचारिक रुपमा उद्घाटन् गरिएको कार्यक्रम संस्थाकी कार्यबाहक अध्यक्ष भिम कुमारी गुरुङको अध्यक्षता रहेको थियो भने,नेपाली कला,संस्कृतिका विज्ञ जापानी नागरिक युको ओकामातोको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै,कार्यक्रमा तमु धिँ जापानकी उपाध्यक्ष अनिता गुरुङ तथा स्मृती आचार्य लगायतको पनि अाथित्यता रहेको थियो ।

कार्यक्रममा मन्तब्य राख्दै,संस्थाकी महासचिव, अन्जु भण्डारीले, मनोरञ्जन संगै दिदी बहिनीहरु एकै ठाउमा भेला भई,सुख दुख बाँड्दै, समूहलाई मजबुत बनाई, समूहलाई परोपकारी हितमा लगाउने उद्देश्यले प्रथम पटक आयोजना गरिएको कार्यक्रममा पोख्रली दिदी बहिनीहरुको उत्साह जनक सहभागीताले आफुहरुलाई थप हौसला प्रदान गरेको बताउनु भयो । प्रमुख अतिथिको रुपमा रहनु भएकी,युको ओकामातोले आफुले विगत ३१ वर्षदेखि नेपाली समुदाय बिच नजिक रहेको र नेपाली दिदि बहिनिहरु अब चुलो चौको मात्र नभएर घर बाट समाज सेवा र महिला शसक्ति करणमा लाग्नु पर्ने बताउनु भएको थियो ।

जापानी भएर पनि शुद्द नेपाली भाषा बोल्ने ओकामोतो नेपाली नाच र संस्कृति जापानि माझ सिकाउने र अनुसन्धान गर्ने गर्नुहुन्छ । कार्यक्रममा, नेपाली कला र संस्कृतिलाई जापानी समुदायमा चिनाउन महत्वपूर्ण भूमिका खेल्दै आउनुभएकी जापानी नागरिक युको ओकामातो,मिडिया पार्टनर,मेरोसंचार डटकमका प्रकाशक/सम्पादक राजन गौतम्, पत्रकार उत्तम गौडेल, कलाकार बिनोद भण्डारी प्रायोजक तथा डिजे ज्होन छन्त्याललाई मायाँको चिनो प्रदान गरीएको थियो ।

कार्यक्रम संयोजक एव्म समुहकि महासचिव अन्जु भण्डारीको स्वागत मन्त्व्य संगै सुरु भएको कार्यक्रम संगिता कुवँरको संचालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend