साझा नेटवर्क
बिजय कुमार मगर, कतार ।
मोरङ्ग जिल्ला लेटाङ्ग गा.बि.स.वडा नं.८, खडानी ,मोरङ कोशी निवासी तथा नेपाल मगर संघ, शाखा कतारका आजिबन सदस्य तथा नेपाल मगर संघ, वक्रा एरिया समितिका कोषाध्याक्ष श्याम पुलामी मगरको एक वर्षीया छोरी साहाना पुलामी मगरको मुटुको रोगी (मुटुको भल्भमा प्वाल) भएकोले उपचारका लागि आर्थिक सहयोग गरीएको छ।

नेपाल मगर संघ, शाखा कतार दोहा एरिया समितिका उपाध्यक्ष बुद्धि मान मगरले ब्यक्तिगत कतारी रियल ५२५ नेपाल मगर संघ, शाखा कतार केन्द्रिय समितिका सदस्यहरु तथा एरिया समितिका सस्यहरुको रहोवरमा बिरामीका बाबु श्याम पुलामी मगर लाई हस्तान्तरण गर्नु भयो ।
उपाध्यक्ष बुद्धि मान मगरले बिरामी छोरीको उपचारमा मद्दत मिलोस र छोरीको शिघ्र स्वास्थ लाभको कामना गर्नु भएको थियो । छोरी साहाना का बुबा श्याम पुलामी मगरले सहयोग गर्ने सहयोगी नेपाल मगर संघ, शाखा कतार दोहा एरिया समितिका उपाध्यक्ष बुद्धि मान मगर हार्दिक धन्यवाद दिदै आभार प्रकट गर्नु भयो ।
यो भन्दा अगाढी नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय समिति तथा एरिया समितिका सदस्यहरुवाट संकलित रकम हस्तान्तरण गरिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend