साझा नेटवर्क
दिलिप पराजुली, कतार श्रावण ३१।
अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज कतार च्याप्टर र नबोदित साहित्यिक वाचनालयको संयुक्त आयोजनामा कतारमा साहित्यिक वाचन श्रृंखलाको ६०औं डबली सम्पन्न भएको छ । कार्यक्रम दोहाको टपफम रेष्टुरेन्टमा सम्पन्न भएको हो । वाचन श्रृंखलाको ६० औं डबलीमा विशिष्ट श्रोताको रुपमा समाजसेवी माया के.सी. रहेकी थिइन् ।

कार्यक्रममा २० भन्दा बढी साहित्यिक सर्जकहरुले आफ्नो सृजना वाचन गरेका थिए । कार्यक्रमलाई राजन लामाले सन्चालन गरेका थिए । राष्ट्रिय गानसँगै उद्घाटन गरिएको कार्यक्रमा साहित्यकार तथा गजलकारहरुले आ आफ्ना रचना सुनाएका थिए । जसमा बिनोद खडका, के. बि. लिम्बु, निराजन लुइँटेल, दिप मिलन, बिन्देश्वर ठाकुर आदिले कविता सुनाएका थिए भने दीलिप पराजुली, सिताराम थापा, लेख कार्की, मणि पौडेल, टिका खड्का, इश्वर शाही, चक्र कार्की, इश्वर राई, प्रेम प्रसाद भट्टराई, माधब भण्डारी, श्याम राज रानाभाट, यादब रेग्मी आदिले गजल सुनाएका थिए ।

कार्यक्रममा संयुक्त गजल संग्रह ’’अक्षरहरुको पिरामिड’’ साहित्यिक सर्जक माधब भण्डारीले सस्थालाई उपलब्ध गराएका थिए भने उक्त गजल संग्रह विशिष्ट स्रोता माया के.सी. ले नबोदित मोवाइल पुस्तकालय कतारका अध्यक्ष सिताराम थापालाई हस्तान्तरण गरिएको छ । अध्यक्ष थापाले साहित्यिक डबली र गतिविधिको बारेमा पनि निकै प्रकाश पारेका थिए भने अन्तर्रा्ष्ट्रिय नेपाली साहित्यिक समाज कतारका दितीय उपाध्यक्ष प्रेम प्रसाद भट्टराईले पनि डबलीको बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको अन्तिममा विशिष्ट स्रोता माया के.सी.ले लामो समय देखि चलेको यो डबलीलाई बाहिरबाट चाहि नियाले पनि प्रतक्ष्य रुपमा यसमा सहभागी हुन नसकेको आफु निकै दुखि बनेको बताइन ।
आफु पनि साहित्यलाई निकै माया गर्ने भएकाले पनि समयको पाबन्धिले उपस्थित हुन नसकेको बताउदै आउने दिनहरुमा उपयुक्त समय मिलेको खण्डमा डबली नछुटाउने कुरा बताइन । अन्त्यमा आफ्नो रचना बाचन गर्दै विशिष्ट स्रोता के.सी. ले साहित्यिक डबलीको निरन्तरता सधै यसरि नि होस् भन्ने शुभकामना समेत दिदै दोहाको हरेक कार्यक्रम भन्दा निकै फरक लागेको यो कार्यक्रमबाट सामाजिक सस्थाहरुले केहि कुरा सिक्नु पर्ने बताईन ।
बिना भाषण बाजी रहेको उक्त कार्यक्रम निकै सौहार्धपूर्ण बातावरण सम्पन्न भएको भन्दै प्रवासमा रहेर पनी साहित्यको जमघट हुनुले नेपाली साहित्य र सृजनामा थप टेवा पुगेको बताइन । उनले सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेकी थिइन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend