logo
  • शनिबार, भाद्र २० २०८३

नेपाली राजदुतावास टोकियोका नवनियुक्त उपनियोग प्रमुखलाई कोरोना संक्रमण


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

{"origin":"gallery","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1596601712916","source":"other"}

लक्ष्मी पौडेल,टोकियो साउन २१ ।

जापानस्थित नेपाली राजदूतावास टोकियोका नवनियुक्त उपनियोग प्रमुखलाई कोरोना संक्रमण देखिए पछि जापान सरकारले नारिता एयरपोर्टबाट नै आईसुलेसनमा लगेको छ ।

नेपाल एयरलाईन्सको चाटर फ्लाईटबाट टोकियो आईपुगेका नवनियुक्त उपनियोग प्रमुख अम्बिका जोशिलाई कोरोना पोजिटिभको लक्षण देखिए पछि एयरपोर्टबाट नै अस्पताल लगिएको टोकियो स्थित दूतावास श्रोतले जानकारी दिएको छ । मंगलबार चार्टर उडान मार्फत जापान पुगेका उपनियोग प्रमुख जोशिलाई कोरोना पोजिटिभको लक्षण देखिए पनि श्रीमती सहित परिवारका अन्य २ सदस्यलाई भने कोरोना नेगेटिभ देखिएको छ ।

नेपाली राजदूतावास जापानस्रोतका अनुसार कोरोना संक्रमण भएको कुनै लक्षण नदेखिए पनि परीक्षणमा संक्रमण देखिएको हो । मंगलबार आएका ३  जापानी सहित  २८ नेपालीहरुलाई एक हप्ता भित्र जापान सरकारले तोकेको स्थानमा पिसिआर टेष्ट गर्नका लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend