logo
  • आइतबार, भाद्र २१ २०८३

कतारबाट आईतवार २ गुल्मेली सहित १५० नेपाली स्वदेश फर्किए


  • साझा नेटवर्क
  • आइतबार, भाद्र २१ २०८३

साझा नेटवर्क, कतार ।
कतारबाट गएराति नेपाल एयरलाईन्सले २१औँ सहजीकरण उडान गरेको छ । ८ महिलासहित १५० जना यात्रु लिएर कतारबाट उडेको जहाजमा विभिन्न कारणले कतारमा मृत्यु भएका २ वटा शव समेत पठाइएको नेपाली राजदूतावास कतारका द्वित्तिय सचिव भुवन प्रसाद भट्टले जानकारी दिए ।

उक्त उडानबाट ५ वर्ष कतारमा बिताएका गुल्मी मुसिकोट नगरपालिका १ पौदिका मिनबहादुर खाती कोरोना भाईरसका कारण रोजगारी गुमेपछि गुल्मी सेवा समाजको सहजीकरण तथा दुतावासको समन्वयमा स्देवश फर्किएको बताए भने १४ वर्ष कतारमा काम गरेका गुल्मी चन्द्रकोट गाउपलिका १ का यज्ञमूर्ति अर्याल पनि कोरोनाकै कारण रोजगारी गुमेपछि दुतावासको समन्वय तथा समाजकै सहजीकरणमा स्वदेश फर्किएका छन् ।

त्यस्तै आजाद भिसामा कतार आएर ९ महिनादेखि अलपत्र परेका जाजरकोट बारेकोट गाउँपालिका निवासी लोकेन्द्र शाही र नर बहादुर शाही कतार आएदेखि बेरोजगार बनेका उनिहरु कोरोना भाईरसका कारण ४ महिना झन् समस्यामा परे । कोरोना कहर बढेपछि उनलाई एकमहिनाको कोठाभाडा र खानाको लागि गैर आवासीय नेपाली संघले ८ सय रियल सहयोग गर्यो भने  विगत ३ महिनादेखि गुल्मी सेवा समाज कतारका अध्यक्ष झबिन्द्र आचार्यले खान र बस्नको लागि सबै व्यवस्था गरेका थिए ।

लोकेन्द्र दुतावासको समन्वय र संघकै टिकट सहयोगमा स्वदेश फर्किन पाएका हुन भने नर बहादुर केहि दिनमै नेपाल फर्किने तयारीमा रहेका छन । त्यस्तै उनीसँगै जनवरीदेखि जागिर विहीन बनेका बाँकेका इमानसिंह ठकुरी पनि राहत कोटाको टिकटमा स्वदेश फर्किए ।

गत सालको डिसेम्बरबाट तलब र काम विहीन बनेका बाग्लुङ् रेसाका माधव गौतम पनि उडेका छन् । कम्पनिको मालिक सम्पर्क विहीन भए पछि बिचल्लीमा परेका उनी नेपाल फर्कने टिकटको जोहोको लागि गृह जिल्लाको संस्थासहित नियोगको ढोकामा कयौँ पटक पुगे, सबैबाट सहयोगको बचन पाएको तर सहयोग नपाएको गुनासो गरे । नेपाली नियोगले जारी गरेको लिस्टमा आफ्नो नाम देखाएपछि कम्पनिको मालिकको साथीले टिकटको पैसा तिरिदिएर आफू नेपाल जान पाएको बताए ।

इलाम सनपुरकी श्री कुमारी राई ५ महिनादेखि तलब विहीन थिइन् । सानो हाते झोला भुईंमा राख्दै उनले पूर्वेली लवजमा आवु भात खानु पनि नदिने हौ सर कसरी बाँच्नु कोठामा भित्ता कोपार्नु हौ, काम छैन भने अन्न पनि छैन भन्नेलाई त पाप लागोस्, उनको आक्रोश थियो ।

यस्तै कोरोनाका कारण विगत ५ महिनादेखि जागिर विहीन बनेका म्याग्दी मालिका निवासी लिल बहादुर बराइलीको जीवनमा अर्को ठूलो बज्रपात बन्यो प्राकृतिक विपत्ति । केही समय पहिले गएको पहिरोले घरमा क्षति पुर्याएपछि थप चिन्तामा परेका उनले स्वदेश पुगेपछि आफ्नो घर आफैं बनाउने दृढ अठोट सहित कतारलाई सदाका लागि छोडेर गए ।

नेपालीहरूको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मानिएको कतारबाट हालसम्म ३ हजार ७३९ जनासहित ४४ वटा शव सहजिकरण उडान मार्फत नेपाल पुगिसकेका छन् । तर कतारमा पीडित नेपाली दिनानुदिन बढी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend