logo
  • शनिबार, भाद्र २० २०८३

भक्ती सिटौला बचाउ अभियानमा जनसम्पर्क समिति कतारको सहयोग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

nejs qatarमोहम्मद अजिज अलि, कतार ।
नेपाली जनसम्पर्क समिति कतारले झापा जिल्ला पांचगाछी गाबिसका स्थाई बासिन्दा नेपाली कांग्रेस झापाका भूपू सचिव कांग्रेस महासमिति सदस्य भक्ति प्रसाद सिटौलाको कलेजो पूर्ण रुपमा क्षति भई उपचारका लागि भारतमा रहेका सिटौलालाइ १ लाख १६ हजार ८ सय पैतिस रुपैया आर्थिक सहयोग गरेको छ ।

उनको कलेजो प्रत्यारोपण गर्न उपचारमा ठुलो रकम लाग्ने भएकाले जीवन रक्षाका लागि झापा कांग्रेस लगायत विभिन्न ठाउबाट सहयोग संकलन गरि पठाउने कार्य भएको लगत्तै जनसम्पर्क समिति कतारले पनि कार्यसमिति सदस्य नगेन्द्र श्रेष्ठको संयोजकत्वमा सहयोग संकलन गरेको हो । जनसम्पर्क समितिले कतारी रियाल २२०६ र सचेतना बचत समुहबाट कतारी रियल १८०५ प्राप्त भएको संयोजक श्रेष्ठले बताएका छन।

जनसम्पर्क समितिको बैठकले सिटौलाको जीवन बचाउन जति सक्दो छिटो सहयोग पठाउनु पर्ने भएकाले कार्यसमितिका पदाधिकारीबाट उठेको रकम र कोषबाट थप गरि उक्त नेपाल पठाएको हो । बैठकले बाढी पिडित लगायत अन्य संघ संस्थाबाट सहयोगका लागि आएका पत्र बमोजिम १५०० रियाल समेत प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend