logo
  • शनिबार, साउन ३० २०८३

गुल्मी सेवा समाज युएईद्धारा अग्नी पिडितलाई सहयोग


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी जेठ ९।
गुल्मी दजाकोटका अग्नी पिडितहरुलाई दुवईमा संगठित नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । गुल्मी सेवा समाज युएईले त्यहाँबाट आफ्ना प्रतिनिधीहरुलाई सोही स्थानमा पठाएर अग्नी पिडितहरुलाई ५० हजार नगद सहयोग गरेको हो ।
uae
दुवईबट आएका समाजका प्रतिनिधी तथा गुल्मी सिमिचौरका वासीन्दा रुद्र थापा ( क्षितिज ) र गौडाकोटका वासीन्दा कमल कार्कीले उक्त रकम दजाकोट अग्नी पिडित उद्धार समितिलाई हस्तान्तरण गरेका थिए ।

ति प्रतिनिधीहरुले दिएको जानकारी अनुसार समाजका कार्यवाहक अध्यक्ष कृष्ण गौतमले सय दिराम, उपाध्यक्ष गोपाल कुँवर, महासचिव लक्ष्मण अर्याल,उपाध्यक्ष मिना भण्डारी, कोषाध्यक्ष नेत्र भुसाल, सल्लाहकार तुल्सीराम पौड्याल, महिला संयोजक सिता केसीले त्यति नै रकम सहयोग गरेका हुन् ।

त्यस्तै सय दिरामका दरले सहयोग गर्नेहरुमा रामु श्रेष्ठ, मोहन पन्थी, जिवन ठकुरी , कृष्ण ढकाल, ओकीला उपाध्याय, राजु पाण्डे, रामप्रसाद पौड्याल रहेका छन भने यमबहादुर थापाले ५० दिराम सहयोग गरी कुल उक्त रकम सहयोग भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend