logo
  • आइतबार, भाद्र २१ २०८३

विवेकशील नेपालीदल प्रवासले थाल्यो सम्मेलनको तयारी


  • साझा नेटवर्क
  • आइतबार, भाद्र २१ २०८३

कुमार अविरल, कतार साउन ११।
विवेकशील नेपाली दल प्रवास समितिले हिजो २५ जुलाईका दिन भचुअल्ली बैठकको माध्यमद्वारा बसेको बैठकले प्रवास सम्मेलन (अधिवेशन)का लागी तैयारी गरेको छ । विवेकशील नेपाली प्रवास अन्तर्गत रहेका १४ वटा देशहरूको संयुक्त बैठकको अध्यक्षता दलका प्रवास समितिका अध्यक्ष श्री संजय रिमालले गर्नू भएको थियो ।

संघीय समितिका सदस्य द्वय आशीष राई र कर्मा लामा तामाङको उपस्थिती रहेको थियो । अनलाइन बैठकले प्रवास आयोजक समिति गठन प्रक्रियालाई अघी बढाएको छ । वर्तमान तदर्थ प्रवास समितिलाई नै आयोजक समितिमा परिणित गर्न उपस्थित बिभिन्न देशका संयोजक र सदस्यहरुको माग भए पश्चात् सोही अनुसार सर्वसम्मतले रिमालको संयोजकत्वमा, सुरेश भट्ट आश्रिन र सुवास बस्नेतले “आयोजक समिति” निर्माण कार्यलाई पूर्णता दिने गरी प्रक्रियालाई थप एक ईट्टा थपेका छन् ।

आयोजक समिति निर्माण कार्य पूरा भए संगै विवेकशील नेपाली दल प्रवास समितिले निर्वाचन आयोग द्वारा सम्मेलनको मिती घोषणा गर्नेछ । कोभिड-१९ ले गर्दा हामी ढिला भयौँ l दलको विधान र संघीय समितिको निर्णय अनुसार प्रादेशिक तहको सम्मेलन पहिले नै गर्नू पर्ने थियो ।

अब प्रक्रिया अघी बढ्छ रोकिन्न, केही समय भित्रनै सम्मेलनलाई सफल बनाउँछौ, भट्ट भन्छन् । विवेकशील नेपाली दलले देशैभरी आन्तरिक रुपमा आफ्नो प्रदेश सम्मेलनको तयारी र Enough is Enough क्याम्पियनमा काम गर्दै छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend