logo
  • शनिबार, भाद्र २० २०८३

मोना न्युजिल्याण्डको अध्यक्षमा गम बहादुर छन्त्याल


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

हरिकृष्ण गौतम, न्युजिरल्याण्ड।
न्युजिरल्याण्डमा रहेका म्याग्देलीहरूको भेलाले मंकवाङका गम बहादुर छन्त्याल(ज्ञान)को अध्यक्षतामा म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यसमिति (मोना) युजिल्याण्ड गठन गरेका छन् । ब्यापार, शिक्षा लगाएत विभिन्न माध्यमबाट न्युजिल्याण्डमा पुगेका म्याग्देलीको टिपुकिमा भएको भेलाले छन्त्यालको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो ।
newzland
कार्यसमितिको सचिवमा सन्तोष थापा, कोषाध्यक्ष सुनिता बज्राचार्य त्यसैगरी सदस्यहरूमा दिनेश कार्की, कुमार छन्त्याल, बेल कुमारी पुन, कुमार खत्री, लक्ष्मी जि सि र युवा तथा बिद्यार्थी परिचालन संयोजक मा रिकेश शेरचन रहेका छन् । भेलालले सल्लाकारमा नारायण सेरचन, लाल बहादुर केसी र लोकनाथ पौडेल मनोनित गरेको छ । समाजसेवी भुपेन्द्र बानियाँको अध्यक्षतामा भएको भेलाले सदस्यता विस्तार सहित सामाजिक कार्यहरू सञ्चालन गर्न आवश्यक सक्रितया देखाउने प्रतिबद्धता समेत जनाएको छ ।

सोही कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघ आइसीका सदस्य लेखनाथ पौडेल, नेप्लीज सोसाइटि पूर्व अध्यक्ष लाल बहादुर केसी र नारायण शेरचनले म्याग्दीको आर्थिक विकास वाट समृद्ध बनाउन हरेक क्षेत्रमा लगानी भित्राउने गरि पहल गर्ने बताउदै प्रवासी म्याग्दीहरु एकबद्ध भएर जिल्लाको बिकास मा सक्रिय भुमिका खेल्नु पर्ने समय आएको बताएका थिए ।

मोना आइसीका कोषाध्यक्ष चक्र बहादुर थापाको संयोजनमा गठन भएको मोना न्युजिल्याण्डले मोना मार्फत हुने सामाजिक, विकास सहित विभिन्न क्षेत्रमा आर्थिक जुटाउने अध्यक्ष छन्त्यालले बताए । ‘जिल्लालाई आवश्यक पर्ने क्षेत्रमा सहयोग जुटाउन प्रतिबद्ध छौ । सबैको सहकार्यबाट समृत म्याग्दी बनाउनुपर्छ’ छन्त्यायले भने ।

कार्यक्रममा मोना आइसीका कोषाध्यक्ष चक्र बहादुर थापाले विश्वभर रहेका म्याग्देली एकजुट हुन मोना विस्तार अभियान सञ्चालन गरिएको बताए । उनले अझै विश्वका विभिन्न देशमा मोना स्थापनाको तयारी भइरहेको समेत बताए । गतबर्ष म्याग्दीमा भएको प्रथम विश्व सम्मेलनबाट बहुचर्चित फ्रि वाईफाई अभियान सहित जिल्लामा लगानी भित्राउने तथा सामाजिक कार्यमा सहयोग जुटाउँदै आइरहेको छ । फ्रि वाईफाई अभियानलाई पहिलोपटक एनआरएनको सहयोग समेत न्युजरल्याण्डबाटै संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend