साझा नेटवर्क
साझा नेटवर्क, मकाउ साउन २ ।
विवेकशील नेपाली दल प्रवास समितिले संगठन विस्तारलाई तीव्र गतिमा अघी बढाएको छ । प्रवासी नेपालीहरूको मुद्दामा काम गर्दै र सरकारको ध्यानाकर्षण आएको विवेकशील नेपाली (दल) प्रवास-८ ले नेपाल बाहिर आफ्नो संगठन विस्तार गर्दै आएको छ । हिजो मात्र विवेकशील नेपाली (दल) मकाउ तदर्थ समिति गठन भएको र आज आधिकारिक घोषणा गरेको विवेकशील नेपाली दल प्रवासका नेता सुरेश भट्ट आश्रिनले बताएका छन् ।

विवेकशील नेपाली दलको विधान अन्तर्गत नेपाल बाहीरका देशहरूलाई एकाई र सिङ्गो प्रवासलाई प्रदेश ८ को अधिकार प्रदान गरेको छ । प्रवासको नेतृत्व गर्दै आउनू भएका अध्यक्ष संजय रिमाल, सचिव जिवन कार्की र सुवास सूबेदीले विवेकशील नेपाली (दल) मकाउ तदर्थ समितिको मान्यता प्रदान गरेको छ ।
विवेकशील नेपाल मकाउ समितिमा ५ पदाधिकारी र ६ समिति सदस्य गरी ११ जनाको कार्यासमिति निर्माण भएको छ । जसमा अध्यक्ष अनिश क्षेत्री, उपाध्यक्ष बालगोपाल कार्की, सचिव शमशेर थापा, कोषाध्यक्ष ग्रीष्म गिरी त्यस्तै सदस्यहरुमा हर्क ब.गुरूङ, प्रेम पण्डित, सन्तोष थापा, राजकुमार घले, रिक्की बराल, विजय कुमार र सल्लाहकारमा रूवेल गिरी चयन भएका छन।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend