logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीका रेग्मी परिवारले छोरीको वर्षगाठको अवसरमा सहयोग


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अनिल खत्री, गुल्मी असार २७ ।
गुल्मीका रेग्मी परिवारले छोरीको बिवाहको वर्षगाठको असरका अर्घाखाँचीमा सहयोग गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१ क्याम्पस रोड निवासी भेषराज रेग्मी र जमूना रेग्मीले आफनी छोरी अष्ट्रेलियामा रहेकी निलम रेग्मीको बिवाहको वर्षगाठको अवसरमा सहयोग रगेका हुन् ।

समाजमा कतिपयले बिवाह बर्सगाठको अबसरका बिभिन्न कार्यक्रमहरु राखेर खर्च गर्ने प्रचलन पनि छ । तर यहि समाजमा यस्ता परिवार छन् जसले समाजका हुँदा खाने वर्गहरुको लागि फजुल खर्चलाई कटाएर सहयोग गर्ने गरेका छन् । रेग्मी परिवारले अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर–७ मा ७ घरलाई खाद्ययन्न सहयोग गरेका हुन् । शनिवार रेग्मी परिवारको जन्म घर अर्घाखाँची ढिकुरा (भुग) मा ढिकुराका ३ घर र काउलेका ४ घर गरि ७ घरलाई खाद्ययन्न सामाग्री हस्तातरण गरिएको हो ।

रेग्मी परिवारका आमा, श्रीमान श्रीमतीले सहयोग सामाग्री हस्तातरण गरेका थिए । सहयोग हस्तारतण गर्दै रेग्मी परिवारका भेषराज रेग्मीले छिल्लो समय यता मानव जातिलाई कोरोना भाइरस (कोभिड–१९) को कारणले संकटमा परेकाले हुँदा खाने वर्गको निम्ति केहि राहत होस भन्ने उदेश्यले सहयोग गरेको बताए ।

उनले अहिले कोरोना भाइरसले दैनिक ज्याला मजदुरी गर्ने वर्ग निकै मारमा परेकाले छोरीको बिवाहको वर्षगाठको अबसरका हुने खर्चलाई राहत स्वरुप सहयोग गरेको बताए । रेग्मी परिवारले केहि दिन अघि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० को सिमिचौर मा बस्दै आएकी बिमला कुँवरलाई घरयासी सामाग्रीहरु सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend