logo
  • आइतबार, भाद्र २१ २०८३

अर्घाखाँचीका जिसीले कतारमा गरे आत्माहत्या


  • साझा नेटवर्क
  • आइतबार, भाद्र २१ २०८३

साझा नेटवर्क, कतार ।
अर्घाखाँचीका हिरा बहादुर जिसीले आफु बस्ने कोठाको मसिमा पासो लगाई गत राती आत्माहत्या गरेका छन । रोजगारीको सिलसिलामा २००५ मा कतार प्रवेश गरेका अन्दाजी ५२ बर्षका जिसी पन्ध्र वर्षदेखी कतारको एक प्रतिष्ठान कम्पनीमा कार्यरत थिए । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको त्राश बनाइरहेको बेला उनि नेपाल जाने सोच बनाएका थिए ।

नेपाल जानको लागी केहि दिन पहिले दूतावास समेत पुगेको उनका नाता पर्ने सोहि कम्पनीमा कार्यरत रमेश जिसीले जानकारी दिए ।दूतावासले समय लाग्ने भनेपछि निवास फर्केका जिसी बेला बखतमा कतारमै मोरीने भैयो भनेर चिनता गरेको बताए । दुइ हप्ता नबित्दै जिल्ला बासीहरु एकपछि अर्को प्रवासमा गुमाउनु पर्दाको दु:खद खबरले यतिबेला अर्घाखाँची सेवा समाज कतार परिवार मर्माहत भएको छ ।

प्रवासमा जिल्ला वासी दाजुभाई गुमाउदाको पीडाले सिङ्गो अर्घाखाँची सेवा समाज शोकमा डुबेको समाजका अध्यक्ष टेकराज थापाले बताए ।समाजले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सोक सन्तप्त परिवार जनमा समवेदना प्रकट गरेको छ। जिसी २००५ मा रोजगारिको सिलसिलामा कतार आइपुगेका थिए । कतारको एक प्रतिष्ठित कम्पनीमा कार्यरत थिए । मृतक जिसीको शव अहिले हमद जनरल अस्पतालको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend