logo
  • आइतबार, भाद्र २१ २०८३

साउदीले जरिवाना नलिई तीन महिना भिसाको म्याद थपिदिने


  • साझा नेटवर्क
  • आइतबार, भाद्र २१ २०८३

काठमाण्डौ, असार २२ ।
साउदीले आप्रवासी श्रमिकका विभिन्न प्रकारका भिसा तीन महिना निःशुल्क थपिदिने भएको छ । कोरोना महामारीका कारण साउदीमा रहेका आप्रवासीको सहजताका लागि विभिन्न प्रकारका भिसासँगै बसोबासलाई सहज बनाउन निःशुल्क भिसाको समय अवधि तीन महिना बढाइदिने साउदीको मिनिस्ट्री अफ इन्टेरियरले जनाएको छ ।

यो नियमका लागि साउदीका राजाले अनुमति दिइसकेको मन्त्रालयको भनाइलाई उद्धृत गर्दै अरब न्युजले खबर लेखेको छ । यस्तै साउदीले बिदामा रहेका आप्रवासी श्रमिकका लागि पनि यो नियम लागू हुने जनाएको छ ।

कोरोनाको कारण साउदी प्रवेशमा रोक लगाएको अवधिमा भिसाको म्याद सकिएको भएमा थप तीन महिना कुनै शुल्कबिनै म्याद थप हुने साउदीले जनाएको छ । यो नियम पर्यटक भिसामा रहेकाहरुलाई पनि लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend