logo
  • शनिबार, साउन ३० २०८३

गजल : तिमी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

बिष्णु पन्थी तम्घास-गुल्मी

तिम्रो समिप उडी जाने मन मेरो भएपछि !
मेरो मनको रानी मैले तिमीलाई नै बनाएछु !!

माया गर्छु भन्दा-भन्दै,तिमीले मलाई बिर्सेपछि !
मनभरि जलन बोकी आँसु धेरै बगाएछु !!

कति गर्नु एक्लै यात्रा दुइ दिने यो जिन्दगीमा !
तिम्रो साथ पाउने आसमा दिनहरु बिताए छु !!

साथ तिम्रो पाईन मैले केवल पाए आस मात्रै !
तिम्रै यादमा एक्लो जीवन मैले यहाँ बिताएछु !!

तिम्रो समिप उडी जाने मन मेरो भएपछि !
मेरो मनको रानी मैले तिमीलाई नै बनाएछु !!

                             बिष्णु पन्थी
                          तम्घास-गुल्मी

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend