logo
  • आइतबार, भाद्र २१ २०८३

कतारबाट १४९ नेपाली बोकेको जहाज काठमाडौंका लागि उड्यो


  • साझा नेटवर्क
  • आइतबार, भाद्र २१ २०८३

साझानेटवर्क काठमाडौं, असार ७ ।
१४९ नेपाली बोकेको जहाज कतारको दोहाबाट काठमाडौंका लागि उडेको छ । कोरोना भाइरस संक्रमणका कारण सिर्जना भएको समस्यामा परेकाहरु नेपालीलाई उद्धार गर्ने क्रममा आज (आइतबार) पहिलो चरणको उडान भएको दोहास्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

नेपाल एयरलाइन्सको २३९२ को उडानबाट उनीहरु काठमाडौं प्रस्थान गरेका हुन् । सो उडानमा २९ जना सुत्केरी–गर्भवतीसहित ८२ जना महिला, तीन जना नाबालक र ६४ जना पुरुष रहेको नेपाली दूतावासले जनाएको छ । उनीहरूलाई दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूत नारदनाथ भारद्वाज, दूतावासका कर्मचारीलगायतले विदाइ गरेका छन् ।

विश्वले झेलिरहेको महामारी कोभिड १९ को कारण कतारमा अलपत्र र समस्यामा परेका नेपालीहरु मध्य आज पहिलो चरणमा १४९ नेपालीहरु नेपाल एअरलाइन्सको फ्लाईटबाट नेपाल उडेका हुन् ।

उनीहरुलाई कतार एयरपोर्टमा नेपालका लागी कतारका राजदुत नारद भारद्वाज दुताबासका दितिय सचिब प्रविन भट्टराई, गैरआवाशिय नेपाली संघ(एनआरएनए) मध्यपुर्व संयोजक प्रविन गुरुङ, एनआरएनए मध्यपुर्व युवा संयोजक राज रेग्मी, एनआरएनए कतारलगायत बिभिन्न नेपाली संघ सँस्थाका पदाधिकारीले बिदाई गरेका थिए ।

योसँगै कतारबाट २२ र २४ जुनमा हिमालय एअरलाईन्सको २ उडान रहेको छ । पहिलो चरणमा बिशेष गरि गर्भवती महिला, कम्पनी बन्द भएर अलपत्र परेकाहरु, पारिवारिक मिलनको लागि आएर फर्कन नपाउनु भएकाहरु र भिषा सकिएर बसेकाहरुलाइ प्राथमिकतामा राखेर नेपाल फर्काईएको नेपाली दुताबासले बताएको छ । नेपाल फर्कन आवेदन फारम भर्नेहरुलाई क्रमिक रुपमा पठाईने दुताबासले बतायो ।

नेपाल फर्कन लागेका नेपालीलाई विमानस्थल पुगेर नै विदाई गर्दै एनआरएनए मध्यपूर्व संयोजक गुरुङले पहिलो चरणको उद्धारले आफू हर्षित भएको जनाउंदै मध्यपूर्वमा पिडामा परेका र प्राथमिकतामा परेकाहरुलाई स्वदेश फ़र्काईदै छ र कतारबाट आज शुरुवात भएको बताए । यसलाई तिब्रता दिनु पर्नेमा गुरुङको जोड रहेको छ ।

आज फर्किनेहरू सबै चर्को शुल्क तिरेर स्वदेश फर्किएका छन् अब टिकट नै काट्न नसक्नेलाई पनि सरकारले टिकटको व्यवस्था सहित तत्काल उद्धार गर्नु पर्छ उनले सरकारले सर्बोच्च अदालतको आदेशको पालना गर्दै समस्यामा परेका नेपालीलाई बिना शुल्क नेपाल ल्याईनुपर्ने बताए । गुरुङले आफ्नो जिम्मेवारी पुरै मध्यपूर्व नै भएको हुँदा पीडाको चरम मारमा परेर मृत्यूवरण नै गर्नु पर्ने स्थितिमा पुगेकाहरुलाई सरकारले तत्काल उद्दार गर्नुपर्ने बताए ।

कतारमा समस्यामा परेका नेपालीहरु स्वदेश फर्किएको प्रति खुसि व्यक्त गर्दै एयरपोर्ट नै पुगेका सामाजिक अभियन्ता एवं मध्यपूर्व यूवा संयोजक राज रेग्मीले यो उद्धार नभई स्वदेश फर्कन चाहनेहरु प्रर्ती गरेको सहजीकरण मात्र भएको बताए उनले पैसा तिरेर उद्दार नहुने बताउदै अब वास्तविक पिडितलाई समेत बिना शुल्क उद्धार गर्नु पर्ने बताए । उनले बैदेशिक रोजगार कोषमा रहेको रकमबाट समस्यामा परेका नेपालीको उद्दार गर्नुपर्नेमा जोड दिए रेग्मीले अर्बौंको कोष खडा गर्ने नेपाली आज भोकै विदेशमा मर्नुपर्ने

 

अवस्था आएको छ ।

वास्तविक पिडित पहिचान गरि तत्काल त्यो रकम प्रयोग गर्नुपर्नेमा उनको जोड रहेको छ । विदाईका लागि एयरपोर्ट पुगेका एनआरएनए आईसिसी सदस्य रमेश भट्टले समेत हजारौंको संख्यामा रहेका पिडितलाई तत्काल स्वदेश फिर्ता गराउन पर्याप्त उडान हुनु पर्नेमा जोड दिए । भट्टले उडान हुन सकेन भने यो पहुँचवालाहरूको मात्र स्वदेश फिर्ति हो भन्ने प्रमाणित हुन्छ । यसतर्फ सम्बन्धित निकाएको ध्यान जान जरूरी छ ।

यो शुरुवाति उडानका लागि नेपाली राजदूतावास कतार, एनसीसी कतार लगाएत सम्बधित सबैलाई भट्टले धन्यवाद दिदै पैसा नहुनेलाई निशुल्क रुपमा उद्दार गर्न सरकारसँग मागसमेत गरे । कतारस्थित नेपाली दूतावासको विज्ञप्ति
दोहाबाट पहिलो चरणमा आज १४९ जना नेपालीहरू स्वदेश फर्कनु भयो ।

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासकाे नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नाे विवरण उपलब्ध गराउनु भएबमाेजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गत आज मिति २०७७।३।७ गते तदअनुसार २१ जुन २०२० मा दोहाबाट काठमाण्डौका लागि नेपाल वायुसेवाको RA २३९२ को उडानबाट देहायका १४९ जना नेपालीहरू नेपाल फर्किनु भएको व्यहोरा जानकारीको लागि अनुरोध छः

क) २९ जना सुत्केरी/गर्भवती सहित ८२ जना महिला
ख) ३ जना नाबालक
ग) ६४ जना पुरुष
वहाॅंहरूलाई दाेहाकाे हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा महामहिम राजदूत र दूतावासका अन्य कर्मचारीहरूले बिदाई गर्नुभयाे।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend