logo
  • आइतबार, भाद्र २१ २०८३

टिकटको चर्को मुल्य, जम्मा २० केजी लगेज, यात्रुहरुलाई मारमाथी मार


  • साझा नेटवर्क
  • आइतबार, भाद्र २१ २०८३

करिम बख्स मिया, दोहा ।
उद्वार फ्लाईटको नाममा हिमालयन एयरलाइन्सको चार्टर उडानबाट नेपाल जाने यात्रुले जम्मा २० केजी र नेपाल एयरलान्सको उडानबाट जानेले २५ केजी लगेज लैजान पाउने भएका छन् । नाबालिगहरुले जम्मा ७ केजी मात्र लगेज लैजान पाउने एयरलाईन्सका अधिकारीले यात्रुहरुलाई जानकारी गराएका छन्।

सरकारले निर्धारण गरेको झण्डै दोहोरो भाडादरको मारमा परेका नेपालीहरु लगेजमा समेत ठगिन पुगेका छन् । लामो समयदेखी कतारमा कार्यरत रहँदा आफुले जम्मा गरेका झिटिगुन्टा २० किलोभन्दा धेरै लैजान नपाउने भएपछि बढी भएको सामानको मूल्य तिर्ने वा छोडेर जाने भन्ने अन्यौलताले सर्वासाधारण तेहेरो मारमा परेका छन्।

लामो समयदेखी तलब नपाएका, कम्पनी बन्द भएका तथा विभिन्न समस्याले पिडित बनेका नेपालीहरु उद्वार उडानको नाममा महङ्गो फेयरको मूल्य तिरेर स्वदेश फर्किन बाध्य छन् भने आफुले जम्मा गरेका सामानहरु समेत छोडनु पर्ने अवस्था सिर्जना भएको छ।

महङ्गो फेयर मूल्य तिरेर कम्तिमा ४० केजी लगेजपनि लैजान नपाउँदा सरकार र उड्डयन कम्पनीको मिलिभगतमा आफुहरु उद्वारको नाममा ठगिन पुगेको नेपाल जाने तालीकामा परेका पिडितहरुको गुनासो छ। नेपाल एयरलाइन्सको लागि कतारका प्रतिनिधिको भनाई अनुसार मूल्य र लगेज एयरलाइन्सले नभई नेपाल सरकारले नै निर्धारण गरेको बताए। चार्टर उडान भनेर यात्रुहरुबाट करीव दोहोरो भाडा असुलेका एयरलाइन्सले

काठमाण्डौ-दोहा उडानमा कार्गो लिएर आउँदै छन्। २० जुनमा पहिलो उडान भर्ने नेपाल एयरलाईन्सको जहाजले नेपालदेखी कार्पेटहरुको कार्गो लिएर आउने र कतारदेखी यात्रु लिएर जाने तालीका रहेको एयरलाइन्सका कतार प्रतिनिधिले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend