साझा नेटवर्क
कतार ।
विवेकशील नेपाली कतारले देशको माटोको रक्षाको माग गर्दै फोटो प्रदर्शन गरेको छ । विवेकशील नेपाली कतारले नेपालको भूमिमा भारतले हस्तक्षेप गरी मानसरोवर सम्म जोड्ने सडक भारतले एकतर्फी निर्णय गरी निर्माण गरेको विषयलाई लिएर आज विभिन्न नारा सहितको फोटो प्रदर्शन गरेको छ ।

आज देश तथा विदेशमा रहेका सदस्यहरुले नेपाल सरकार लाई मिचिएको भूमि फिर्ता गर्न माग गर्दै विरोध गरेका छन् । नेपाल सरकारले लिम्पियाधुरा सहितको नेपालको नक्सा सार्वजनिक गर्न नसकेको आरोप विवेकशील नेपालीले लगाएको छ । विवेकशील नेपालीले आफ्नो लोगो सहितको नेपालको नक्सा प्रकाशित गरेर सरकारको ध्यानाकर्षण गरेको छ ।
आज विहान माईतिघर मण्डलामा भौतिक दूरी कायम गर्दै नेपालको भूमि फिर्ता गर्न विरोध गर्दैगर्दा पक्राउ परेकी विवेकशील नेपाली दलकी केन्द्रिय नेतृत्व रञ्जु दर्शनासहित दर्जन विवेकशील नेपालीका कार्यकर्ता अहिले रिहा भएको खबर विवेकशील नेपाली दल प्रबासका नेता सुरेश भट्ट आश्रिनले जानकरी दिएका छन् ।
विवेकशील नेपाली दलले आफ्नो विग्यप्तिमा माग गरे अनुसारको काम सरकारले नगरे थप आञदोलन पनी गर्न सक्ने आजको घटनाक्रमले देखाएको छ । कतारमा रहेका विवेकशीलका सदस्यहरुले आज सरकारको विरोध गर्दै गरेका फोटो प्रदर्शनीको प्रतिनिधि तस्विरहरू :


















© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend