logo
  • शनिबार, भाद्र २० २०८३

स्वास्थ्यकर्मी र खुकुलो लक डाउन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

-सबिन बस्नेत ।
विश्वव्यापी रुपमा फैलिएको यो कोरोना भाइरसले डिसेम्बर २०१९ देखि अहिले नयाँवर्षको मे ११ महिनासम्म आउदा करिब दुई लाख चौरासी हजार मानिसको ज्यान लिइसकेको छ । पछिल्लो आंकडा अनुसार अमेरिकामा पन्चासि हजार छ भने इटाली, फ्रान्स, ब्राजिल र बेलायतमा बढ्दो क्रममा छ । त्यस्तै संक्रमितको संख्या पन्ध्र लाख नाघि सकेको छ । विश्व स्वास्थ्य संगठनको भनाइ अनुसार लकडाउन अझै बढाउदै जानुपर्ने आवश्यकता छ ।

कोरोना संकटका कारण दस करोड भन्दा बढिले रोजगारिको अबसर गुमाउने अनुमान छ ।यसले देशको अर्थतन्त्र ,खाद्यान्न उत्पादन,शिक्षा,बिकास र मानव संसाधनको ब्यबस्थापनमा चुनौती थप्ने निश्चित छ । नेपाल जस्तो देश जुन कृषि कर्म र बैदेशिक रोजगारिमा गएका जनताले पठाएको रेमिटान्स र सिमित उधोगधन्दामा आफ्नो अर्थतन्त्र चलायमान गराएको छ,त्यसले कोरोना पछि पनि धेरै ब्यबस्थापकिय चुनौतीको सामना गर्नुपर्ने देखिदैछ ।

बिदेशमा गएकाहरु रोजगारी गुमेर फर्कनुपर्ने र स्वदेशमा रहेका काम नपाएर छट्पटीनुपर्ने भयो भने स्थिती भयाभय हुने निश्चित छ । तसर्थ सरकारले खर्च कटौती प्रस्ताब समयमा गर्ने ,जनताले बाझो जमिनमा आजैबाट खेती गर्ने,स्थानिय तहले जनसंख्या व्वयस्थापनको योजना बनाउने र सरोकार निकायले स्वास्थ्य क्षेत्रलाइ सबल पार्ने तर्फ समयमै ध्यान दिदा मात्रै भावी चुनौतीको सामना नहडबढाइ गर्न सकिने सम्भावना छ । सामान्य जनताले राहत अहिले नै खोज्नुभन्दा भोलिको संकटको आंकलन गर्दै कसरी खाद्य संचय गर्ने भन्ने तर्फ विचार गरिनु पर्छ र मुलभुत रुपमै चेतनास्तर उठेको कुराको उदाहरण प्रस्तुत गर्दा राम्रो हुने देखिन्छ ।

भोलिको भोकमरीलाइ आजै खाउ जल्दै मरु जस्तो गरि छिटो निम्ता दिन हतारिनु हुदैन । अहिले मात्रै असी करोडको राहत बाढिनुले राम्रो शुभ संकेत पक्कै गरेको छैन । नेपालमा पछिल्लोपटक संक्रमित भेट्टिने दर बढिरहेको छ । अहिलेसम्म एकसय बिस जना फेला परेकोमा स्रोह जना निको भै घर गएको भनिएपनी तीन जनामा पुर्न देखिएको रिपोर्ट बाहिर आएको छ । त्यसो त परिक्षणको दायरा बढाउदै जादा भोलि झनै बढी फेला पर्ने संभावना छ ।

यो समयमा कीट लगायत स्वास्थ्य सामाग्रीको अभाव एकातिर छ भने अर्कोतिर सबैको स्वाव परिक्षण गर्ने ल्याकत राज्यसंग देखिदैन र छैन पनि।तसर्थ लक डाउनलाइ ब्यबस्थित र ब्यबहारिक बनाउदै जानू नै अहिलेको अन्तिम विकल्प नेपालसंग छ । वर्तमान समयको यो कहालीलाग्दो चित्रलाइ अझै कुरुप हुनबाट रोक्ने प्रयासमा अग्र पंक्तिमा इमानदारी पुर्वक स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लागेको देखिन्छ भने पछिपछी स्थानीय जनप्रतिनिधि ।

बिडम्वना धेरै स्थानीय तहका जनप्रतिनिधिहरुले आफुलाइ सुरक्षित तुल्याउन राम्रो पिपिइ र मेडिकल माक्स आफै लगाउदै हिडेको पनि देखियो र देखिदैछ । यसले समग्रमा जसको बिहे उसलाइ नै नल्याए भनेजस्तो हाम्रो गैर जिम्मेवारीलाई प्रष्ट पारेको छ । अहिलेको संबेदनसिल अबस्थामा अरुको निम्ति भन्दा नि सिधा बिरामिसंग रातदिन जुध्ने स्वास्थ्यकर्मीको निम्ति मात्रै गुणस्तरीय स्वास्थ सामाग्री पिपिइ ,मास्क, पन्जा र गगल्सको पहिलो आवश्यकता हो भन्ने नबुझ्दा नै स्वास्थ्य सामाग्रीको आपूर्ति सहज हुन सकिरहेको छैन ।

यो कठिन परिस्थितिमा घरपरिवार र समाजको दबाब तथा आफ्नै स्वास्थ्य जोखिम पारेर सिमित साधनबाट उपचारमा जुट्न्ने सम्पुर्ण स्वास्थ्यकर्मी बास्तवमा यस कोरोनाबिरुद्दको लडाइका नायक नै हुन जस्ले अप्रीय घटना हुनबाट देशलाइ अहिलेसम्म जोगाइरहेका छन । सिमित सुबिधामा भोलिको दिनको बारेमा कत्ति नसोची मुल्य मान्यतालाई उच्च राख्दै मनदेखी खट्ने स्वास्थ्यकर्मीको केवल भावनात्मक मूल्यलाई अड्कल गरिदिए मात्रै पनि काफी हुने देखिन्छ ।

सरकारी स्तरमा रहेर काम गरेका स्वास्थ्यकर्मिको बिपत्तिमा देखिएको यो लगावले भावी दिनमा सरकारी स्वास्थ्य संस्थाको महत्त्वलाई बढाएर लगेको छ । नीति निर्मातालाई स्वास्थ्य संस्थाको पुर्नसंरचना बारेमा सोच्न बाध्य तुल्याएको छ । स्थानिय तहलाइ आपसमा समन्वय गर्दै साझा महत्वका क्षेत्र शिक्षा,स्वास्थ्य र बाटोमा अलि फराकिलो भएर सोच्न अभिप्रेरित गरेको छ । सानो रुपमा भएपनी उनिहरुको साहसलाइ संबोधन गर्न यतिखेर स्थानीय तह चुक्नु हुदैन ।

मनोबल उठने गरि सार्वजनिक रुपमा अभिनन्दन गरेपनि स्वास्थ्यकर्मीको निम्ति अहिलेलाई ठूलो सम्मान हुने देखिन्छ । सके आर्थिक रुपमा सम्बोधन माथिबाटै गराउन सके झनै राम्रो हुने छ । तर ढिला नगरौ, देशभरिका सबै स्वास्थ्य सस्थाबाट जिल्ला गत रुपमा एक-एक जनालाई नायक घोषणाको पहल आजैबाट गर्न शुरु गरौ ।

यो कोरोना बिपदमा स्थानीय जनप्रतिनिधिको खट्टाइ पनि समग्रमा संतोषजनक नै छ । तर कतिपय महानगर,नगर र गांउपालिकाले कोरोना संकटलाइ कमाउने र लुट्ने अबसरको रुपमा बुझेको देखिएको छ । राहत बितरण, स्वास्थ्य सामाग्री खरिद, क्वारेन्टाइन ब्यबस्थापन र यातायात जस्ता शिर्षकमा ठूलो आर्थिक चलखेल गरिरहेको सुन्नमा आएको छ । यो मानबियता र संबेदनामा खेल्ने कुराले सस्थाको गरिमा र आफ्नै मूल्य समेत घटाउने कुरा नबुझेको वा बुझी बुझि पनि निर्लज्ज भएको हो भन्ने स्पस्ट हुन्छ ।

यसरी निर्लज्ज भनेर कमाएको धनले तिनपुस्तासम्म पनि हित गर्दैन भन्ने कुराको आजैबाट ख्याल गरिनुपर्छ ।गुमेको इज्जत करोडौं खर्च गरेर महायज्ञ गरेपनी फिर्ता हुने छैन भन्ने सत्य बुझ्न् ढिला नगर्न कि । समग्रमा , बिश्वमा प्रतिदिन प्रन्ध्र सय भन्दा बढिको ज्यान गइरहेको स्थितिमा अठचालीस दिनसम्म पनि एउटाको ज्यान नजानुमा सबैको आ-आफ्नो ठांउमा सकारात्मक प्रयास कायम रहनु नै हो । यसमा पनि अग्र भागमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई बढी श्रेय दिदा नै उपयुक्त हुने गर्दछ ।

समग्र नागरिकको पिसिआर र आरडिटी परिक्षण गर्न सम्भव नभएसम्म कोरोना संक्रमणको जोखिम उत्तिकै रहने हुदा यिनिहरुको मनोबल उठाइराख्नु जरुरी छ । राज्यका अन्य निकायले यिनिहरुको आबश्यकता हर सम्भव पूरा गर्ने कोसिस गरिनुपर्छ । एक स्वास्थ्यकर्मी बाच्दा मात्रै सयौ अरु बिरामीको ज्यान बचाउन सम्भव हुन्छ । अत बस्ती बस्तिबाट यो खालको सन्देश मुखरित हुनैपर्छ ।

लक डाउन खुकुलो भयो भन्दैमा स्वास्थ्यकर्मीको निर्देशन र सुरक्षाकर्मीको आदेशको अबज्ञा नगरौ ।खतरा टरीसकेको छैन । लक डाउन खुकुलो भएसंगै सक्रमण हुने दर बढिरहेको छ । अत सामाजिक दुरि कायम गर्न र सुरक्षाका उपाय अपनाउन खेलवाड नगरौ ।जीवन अमुल्य छ । एकछिनको हतारोले सधै पछुताउने दिन नआओस । हाम्रो लापरबाहीले एक हजारलाइ भोलि आइसोलेसन बेडमा राख्नुपर्ने स्थिति आइ हाल्यो भने देशको कहालीलाग्दो अबस्था छरपस्ट हुने निश्चित छ ।

तसर्थ बिस्तारै क्षेत्रगत मुल्यांकन गर्दै लक डाउन खुकुलो गराउने निर्णय गरिनु उत्तम हुन्छ । विदेश र सिमामा अलपत्र परेकालाइ निश्चित प्रक्रिया पूरा गराउने शर्तमा देशभित्र र जन्म ठाउँसम्म ल्याउन स्थानीय तहसंग समन्वय गरिनु आबश्यक छ । लामो समयसम्म काम नगरी बस्ने स्थिती आम मानिसको छैन ।

त्यसैले स्थानीय प्रशासनको अनुरोध मान्दै आफ्नो कामधन्दा सुचारु गर्नु नै बुद्दिमता हुनेछ । खतराको घण्टी नबज्ने गरि सबैले संयमता पुर्वक केही समय सामाजिक दुरि कायम गर्दै भिडभाड नहुने गरि काम गर्ने बानिको बिकास गर्नैपर्छ । यो नै कोरोना बिरुद्दको लडाइलाइ कम क्षतिमा जित्ने भरपर्दो उपाय हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend