logo
  • शनिबार, भाद्र २० २०८३

सिमा मिचिएको भुमिको होइन

हामिलाइ हिरासतबाट निकाल्नको लागि बालुवाटारमा मन्त्रीपरिषदको बैठक बस्छ


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

-घनश्याम खरेल।
हामी महान छौ । त्यो जंगलको त्यो भिरको हामी कति धेरै चिन्ता लिन्छौ, आफ्नो मातृभुमिको हामिलाइ कति प्रगाढ माया छ । हामीले सामाजिक सन्जालमा मुर्दावाद र जिन्दाबाद गर्छौ । ठुला ठुला झण्डा र काला ब्यानरहरु बनाउछौ, र्‍याली गर्छौ, दुतावास घेर्छौ, त्यही बाहानामा प्रहरीले हामिलाइ पक्राउ गर्छ २,४ लाठी पिडौलामा हिर्काउछ ।

त्यो हामी सजिलै सामना गर्छौ, किनकी हामिलाइ आफ्नो भन्दा देशको माया छ । सिमाना मिचिएको भुमिको होइन हामिलाइ हिरासतबाट निकाल्नको लागि बालुवाटारमा मन्त्रीपरिषदको बैठक बस्छ र हामीलाई सम्मानपूर्वक छाडिदिन आदेश गर्छ , यति भएसी विषय अलि अलि मत्थरिदै जान्छ । तर हामी बहादुर नेपालीका सन्तान त्यसै कहाँ सेलाउछौ र, सिमानामा पुग्छौ । लेटरप्याडमा बिगप्ती छाप्छौ । बिरोध गर्छौ । उस्तै परे पुत्ला बनाएर जलाउछौ । सरकारलाई गाली गर्छौ । पार्टीलाई तथानाम गर्छौ ।

हेर्नोस न अस्ति भर्खरसम्म सरकार बाहिर रहदा देशको बारेमा बोल्ने मान्छे अहिले कुर्सिको सुनौलो ट्याबलेट खाएसी यो त कुटनैतिक विषय हो रे । तर सम्बन्धित निकाय मौन छ, उ बोल्दै बोल्दैन पटक्कै बोल्दैन किनकि उसलाइ हामीलाई झै स्वतन्त्रता छैन, किनकी उनिहरुसङ्ग स्वाभिमान छैन । हामी बहादुर नेपाली हौ,त्यो किताबमा लेखे पुग्छ, चुनाबको मन्चमा भाषण गर्दा बोले पुग्छ, झररर ताली दिने हामी छौ ।

हिजो आन्दोलन वा युद्ध गर्दा पनि त्यही हुन्थ्यो, आज बिद्रोह गर्न तम्सिएकाहरुलाइ पनि त्यस्तै लागेको छ । तर सत्तामा पुगेर छिमेकिको ट्बलेट खाएसी सबलाई यस्तै आनन्द आउँछ । प्रतिपक्षमा हुदा स्वतन्त्र हुन्छन त्यसैले त नेताहरु खुब चर्का चर्का भाषण गर्छन। सबैको उहीँ हो जो बाहिर हुन्छ उसले बिरोध गर्छ, किनकी उसलाइ डर हुदैन केही भत्किएला भन्ने । हिजो सिमा मिचिएको कुरा आफ्नो भुमी अर्कैले लुटिएरहेको कुरा बाहिर बस्दा देखेका थिए, बिरोध गरेका थिए, हामीसङ्गै थिए ।

अहिले सरकारमा भएका नेताहरुलाइ थाहा थियो, तर आज बोल्न मिल्दैन । फेरि त्यो समय आउँछ जब सरकारबाट बाहिर आउछन अनि स्वतन्त्र हुन्छन र आखाको पट्टि खुल्छ र भन्छन हाम्रो भुमी मिच्नेहरु मुर्दावाद । ठ्याक्कै त्यही हो हिजो भन्न बोल्न नमिल्नेहरु आज फेरि स्वतन्त्र भएका छन, त्यसैले सुस्त सुस्त भएनी कुरा उठाउन खोजेका छन । ए मुर्खहरु हो लोकलाइ कति बेकुफ बनाउछौ ।

मासु र रक्सी खादै फाइभ स्टार होटलमा आएर सुत्ने ससाद अपहरण भयो भन्दै ससदमा कुर्लिन्छौ तर आफ्नै मातृभुमीको ईज्यत लुटिएको टुलु टुलु हेरेर बस्छौ । प्रतीपक्षलाई पनि देश र जनता होइन सत्ता चाहिएको छ । हिजो प्रतिपक्षका ३ जना नेताले ससदमा वा क्या भाषण गरे हामीले लाइभ हेर्यौ, तिमिहरुले खै त मातृभुमिको कुरा गरेको । तिमिहरुलाइ पनि सत्ताको भोक लागेको छ ।

विभिन्न भेष धारण गरेर सत्ता कसरी प्राप्त गर्ने मै तल्लिन छौ । हामिले किन कुरा नबुझेको ? भनिन्छ नि आकाशमा उडेको चरालाई खस्ने डर हुदैन किनकि उ आफ्नै पखेटाको भरमा उडेको हुन्छ तर हवाइजहाजलाइ सधै खस्ने डर हुन्छ किनकी उ अरु कसैको सहारामा उडेको हुन्छ, अर्थात उसलाइ अरु कसैले उडाएको हुन्छ । त्यस्तै हो यहाँ पनि आफै सक्षम भए, यो हाल कहाँ हुने थियो र ?

कुरा सुटुक्क गर्नु पर्छ यता आफ्नै समर्थक कार्यकर्ता र जनतालाइ थुमथुमाउनु छ, उता आफ्नो पक्का दोस्तीलाई अझै प्रघाढ बनाउनु छ, अलि अलि तलमाथी भो भने भोलि उज्यालो पनि हुन नपाउदै दुतावासबाट फोन आउँछ । मधेसमा आन्दोलन चर्काउने धम्की आउँछ । आफ्नै हुदाखादाको पार्टी फुटाइदिने कुरा आउँछ ।

अस्ति भर्खरै सरकारी गाडी र मालसामान खरिद गर्दा खाएको कमिसन भन्दिन्छु भन्ने धम्की आउँछ । अरबौका धन्धा बिग्रीनिवाला डर देखाइन्छ, हुनुपरेन त्यैचुप मैचुप , अनि पिन्जडा भित्र थुनिएझै थुनिएर बोल्नु परेको छ । बिगप्तीमा साइन बुझिएला कि भन्ने त्रास छ । दुतावासबाट फोन आउलाकी भनेर राती सुत्दा पनि झस्याङ्ग झस्याङ्ग हुन्छ ।

सरकार भत्किएला भन्ने डर छ, छिमेकीले भरेसाझ फोन गरेर थर्काउला भन्ने डर छ । चुनाब लडदा छिमेकिको सहयोग नआउने होकि भन्ने मनमा बडो त्रास छ । कुनै नेता किनेर पार्टी नै बिभाजन गरिदिने होकि भन्ने भय छ । अनि हामी महान कार्यकर्ता बिगप्ती कतिखेर आउला भनेर कुरिरहन्छौ, उता भारतिय मालबाहाक गाडी चाइनाबाट कतिबेला आउला भनेर कुरिरहेका छन ।

उता लिपुलेक देखि मानसरोवर जाने ८० किलोमिटर सडक निर्माण भएर उदघाटन भै सक्यो रे यता खबरै बुझ्न फुर्सद छैन । कठै हामी अनि हाम्रो देश।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend