साझा नेटवर्क
बिमल प्रसाद पाेख्रेल,प्यूठान बैशाख २६ ।
विश्वव्यापी रुपमा फैलिएकाे नाेभेल काेराेना भाईरस (काेभिड19) कारण संसारभर निम्त्याएको महामारिले गर्दा लाखाैले ज्यान गुमाईसकेकाछन । नेपालमा पनि हाल कयाै बिरामिहरु देखिन थालेका छन । सरकारले देस लगडाउन गरेकाे छ जसकारण एक ठाउबाट अर्काे ठाउँ प्रबेसमा राेक लगाइएकाे छ । प्युठान जिल्लामा एक हजार भन्दा धेरै बाहिरि जिल्ला तथा भारत बाट अाएकाहरु क्वारेन्टाइन मा स्थानिय सरकारले राखेकाे छ ।
क्वारेन्टाइनमा राखिएकाहरुका लागि प्युठान सेबा समाज दाेहा कतारले राहत स्वरुप केही रकम संकलन गरेर प्युठान पठाएको समाजका अध्यक्ष ध्रमसिहं बिकले जानकारि गराउनु भएकाे छ । प्युठान सेबा समाज दाेहाकतारका पुर्ब संरक्षक लिला जिसिकाे संमाेनयमा अाएकाे रकमबाट यस अघि पनि मृगाैला पिडित,क्यान्सर पिडित,अनाथ बालबालिका,बाढिपहिराे पिडित,बिधालयमा शैक्षिक सामाग्रि बिधालयमा अक्षयकाेष स्थापना देखि कयाै सहयाेग गर्दै अाएकाे समाजका संरक्षक लिला जिसिले बताउनुभयो । गौमुखी र झिमरुक गाउपालिकामा राहत सामागरि बितरण गर्दै जिसीले भन्नुभयो ‘संथाकाे गरिमा अनुसार बितरण गरेकाे राहत नगद नदिएर सामाग्री प्रदान गर्दा गरिबकाे चुलाेमा पुग्ने हुदा सामाग्री खरिद गरि बितरण हो ।
झिमरुक गाउपालिकामा १५ बाेरा चामल र गाैमुखि गाउपालिकामा अायाे नुन ६ बाेरा खानेतेल ४८ लिटर साबुन कपडा धुने ३ गत्ता नुहाउने २ गता गरि दुई स्थानीय तहमा ४४ हजार बराबरकाे राहत बितरण गरेकाे संथाका पुर्ब अध्यक्ष मान बहादुर केसिले बताउनु भयाे स्थानिय तहले अाअाफ्नै शैलिमा बुझेकाे राहत गरिबकाे चुलाेसम्म पुराउन अनुराेध गर्नु भयाे । राहत बुझ्दै झिमरुकका सरकार प्रमुख तिलक जिसिले खुसि ब्यक्त गर्नुभयाे राहत संकलन गरि पठाउनेलाई धन्यवाद प्रकट गर्नुभयाे । उता गाैमुखि गाउपालिकाले राहत बाेकेर पालिका छिरेका समाजका पदाधिकारिलाई स्वागत गर्दै रातदिन दुख गरेर कमाएकाे रकम महामारिकाबेला पनि जिल्ला बासिकाे माया ममताले खाडिबाट अाफुले खाई नखाई पठाउने कतारका प्युठान बासिलाई विशेष धन्याबाद दिदै गाैमुखि गाउपालिका प्रमुख बिष्णुकुमार गिरिले संथाकाे उन्नतिकाे कामना गर्नुभयाे । अाफुले बुझेकाे राहत गरिब बिपन्नकाे चुलाेमा पुराउने बताउनु भयाे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend